२०८३ भाद्र २७ शनिबार

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र २७ शनिबार

बागलुङको भैरवस्थानमा मनाइयो हरेलो मेला

बागलुङको भैरवस्थानमा मनाइयो हरेलो मेला
मेलामा परम्परागत तरबार नाच, विभिन्न लोकगीत, भजन तथा चुड्कासमेत प्रस्तुत गरिन्छ ।

भाद्र २, २०८३
बागलुङ नगरपालिका–१२ स्थित कालभैरव मन्दिरमा नागपञ्चमीपछिको भदौ पहिलो मंगलबार सयौं वर्ष पुरानो हरेलो मेला सम्पन्न भएको छ।
वर्षे खेतीपछि रोगकिरा नलागोस् र सहकाल लागोस् भन्दै किसानहरूले भैरवको पूजा गरे भने मेलामा तरबार नाच, लोकगीत, भजन तथा चुड्का प्रस्तुत गरियो।
स्थानीयले झण्डै तीन सय वर्षदेखि नियमित पूजा गर्दै आएको भैरवस्थानलाई मौलिक मेलाका रूपमा विकास गर्न मन्दिर व्यवस्थापन समितिले पहल गरिरहेको छ।
बागलुङ — वर्षे खेती लगाइसकेपछि रोग किरा नलागोस् भन्दै खेतबारीमा चरा, ध्वजापतंगा बनाउँदै भैरवको पूजा गरी यहाँ हरेलो मेला सम्पन्न गरिएको छ ।

नाग पञ्चमीपछिको भदौको पहिलो मंगलबारको अवसर पारेर सयौं वर्षौंदेखि यहाँ हरेलो मेला लगाउने चलन छ । बागलुङ नगरपालिका–१२ स्थित प्रसिद्ध कालभैरव मन्दिरमा हरेलो मेला लगाइएको हो ।

भैरवस्थान मन्दिर व्यवस्थापन समितिले हरेलोलाई मौलिक मेलाका रूपमा विकास गर्ने लक्ष्यले यहाँ विधिपूर्वक पूजा गर्न आधा दर्जन गाउँका सयौं बासिन्दा मंगलबार भैरवस्थान पुगेका थिए । काठमाडौं, पाल्पा र बलेवाका भैरवको पूजालाई विशेष मानिंदै आइएको छ । यो मेलामा परम्परागत तरबार नाच, विभिन्न लोकगीत, भजन तथा चुड्कासमेत प्रस्तुत गरिन्छ । खेतीपाती लगाएर सकेका किसानहरू सहकाल लागोस् भन्दै भैरवको पूजा गर्न यहाँ पुग्ने गर्छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।