दर खाने कार्यक्रम स्थगित गरी प्रधानमन्त्री राहत उद्धार कोषमा सहयोग
ताजा सुचना।
समय 7 बजे बेलुकी
समाचार
जैमिनी नगरपालिका–५, बागलुङ — जैमिनी नगरपालिका वडा नं. ५, साविक विनामारे वडा नं. १ र २ सिम्लेका महिला दिदीबहिनीहरूले तीजको अवसरमा आयोजना गर्ने भनिएको दर खाने कार्यक्रम स्थगित गरी प्रधानमन्त्री राहत उद्धार कोषमा सहयोग गर्नुभएको छ।
विपद्का कारण प्रभावित तथा पीडित नागरिकको सहयोगका लागि दर खाने कार्यक्रमको खर्च कटौती गर्दै राहत कोषमा सहयोग गर्ने निर्णय गरिएको हो। महिला दिदीबहिनीहरूले सामाजिक उत्तरदायित्व र मानवीय भावनालाई प्राथमिकता दिँदै गरेको यो कार्य प्रशंसनीय र प्रेरणादायी रहेको स्थानीयवासीले बताएका छन्।
तीजजस्तो सांस्कृतिक पर्वलाई खर्चिलो रूपमा मनाउनुको सट्टा विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले गरिएको यस पहलले समाजमा आपसी सहयोग, एकता र मानवीयताको सकारात्मक सन्देश दिएको छ।
महिला दिदीबहिनीहरूको यो सहयोगी भावना र उदाहरणीय कार्यप्रति स्थानीयस्तरमा प्रशंसा व्यक्त गरिएको
जैमिनी ब्याडमिन्टन संघको तीज मेला यस वर्ष स्थगित
ताजा सुचना
मनिसा थापा( ग्रुप मेम्बर)
समाचार
बागलुङ । जैमिनी ब्याडमिन्टन संघको आयोजना तथा जैमिनी नगरपालिका–९ को मुख्य सहयोगमा आयोजना हुन लागेको तीज मेला–२०८३ स्थगित गरिएको छ।
२०८३ साल भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट देशभर ठूलो जनधनको क्षति भएको र राष्ट्रिय शोकमा रहेको संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै यस वर्षको तीज मेला स्थगित गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ।
संघले बाढीमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
साथै, घाइतेहरूको उद्धारमा अहोरात्र खटिने सुरक्षा निकाय तथा नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम स्थगित हुँदा पर्न गएको असुविधाप्रति सम्बन्धित सबैमा क्षमायाचना गरिएको छ।
— आयोजक, जैमिनी ब्याडमिन्टन संघ, बागलुङ
नुवाकोटको पटाबारीमा पहिरो, रोकिए राहत बोकेका गाडी (तस्बिर)
कुस्मि सेरा खबर
शुक्रबार, भदौ १९, २०८३)
20
Shares
मनिसा सुवेदी( ग्रुप मेम्बर)
नुवाकोट : काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ।
सडक अवरुद्ध भएपछि काठमाडौं–नुवाकोटतर्फ आवतजावत गर्ने दर्जनौँ सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् ।
आवतजावत ठप्प हुँदा नुवाकोट र रसुवाका बाढीपहिरो प्रभावितका लागि राहत सामग्री बोकेका सवारीसाधनसमेत बीच बाटोमै रोकिएका छन् ।
स्काभेटर प्रयोग गरी पहिरो पन्छ्याउने काम भइरहेको छ । ठूलो पहिरो भएकाले सडक पूर्णरूपमा सञ्चालनमा आउन केही घण्टा लाग्न सक्ने सुरक्षाकर्मी तथा पहिरो पन्छाउने काममा खटिएका कामदारले बताएका छन्।
भाद्र १९ गते २०८३ मा प्रकाशित
फेवातालमा कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
ताजा सुचना
समय ठिक 10;5 मिनेट
सिर्जना शर्मा
60
Shares
पोखरा, १९ भदौ/ पोखरा महानगरपालिका–१८ गैराकोचौतारा घुम्तीमा शुक्रबार बिहान भारतीय नम्बर प्लेटको कार फेवातालमा खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कारका चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल फेवातालमा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ हेक्वा कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको नेतृत्वमा १३ जनाको टोलीसमेत उद्धार कार्यमा खटिएको थियो।
दुर्घटनापछि उद्धार गरिएका भारतको बिहार प्रदेश, मोतिहारी जिल्ला रक्सोल घर बताउने २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादवलाई उपचारका लागि जीएमसी अस्पताल पठाइएको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
उद्धार टोलीले बिहान करिब ५ः५५ बजे फेवातालको पानीभित्रबाट थप दुई जनालाई अचेत अवस्थामा निकालेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको थियो। तर चिकित्सकले बिहान ६ः२१ बजे दुवै जनालाई मृत घोषणा गरेका थिए।
मृत्यु हुनेमा भारतको बिहार प्रदेश, इस्ट चम्पारण जिल्ला रक्सोल घर भएका २६ वर्षीय नवदीप कुमार यादव रहेका छन्। उनको परिचय आधार कार्डबाट खुलेको प्रहरीले जनाएको छ।
अर्का मृतक करिब ४० देखि ४५ वर्ष उमेरका पुरुष रहेका छन्। उनको नाम, थर र ठेगाना भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेको भारतीय नम्बर BR 05 BB 6759 को कारलाई बिहान करिब ६ः२० बजे क्रेनको सहायताले फेवातालबाट निकालेर वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ।
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
ताजा सुचना
समय बिहान 7 ;00
सुजन अाचार्य
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूले आज श्रीकृष्ण जन्माष्टमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। भगवान् श्रीकृष्णको जन्म भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको धार्मिक विश्वासअनुसार हरेक वर्ष यो पर्व मनाउने गरिन्छ। �
जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिर तथा घरघरमा विशेष पूजा–आराधना, भजन–कीर्तन, प्रवचन तथा व्रत गर्ने परम्परा रहेको छ। भक्तजनहरू भगवान् श्रीकृष्णको दर्शन तथा पूजा गर्न विभिन्न कृष्ण मन्दिरमा पुग्ने गरेका छन्। �
भगवान् श्रीकृष्णलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेताका रूपमा सम्मान गरिन्छ। उहाँका शिक्षाले सत्य, सदाचार, कर्तव्य र मानवताप्रति प्रेरणा दिने धार्मिक मान्यता छ।
**श्रीकृष्ण जन्माष्टमीको सम्पूर्णमा हार्दिक शुभकामना
रसुवाका बाढीपीडितलाई हिमालयन आवासीय माध्यमिक विद्यालयको
सहयोग
ताजा सुचना
समय ठिक 8 बजे
सुजन अाचार्य
बागलुङ — श्री हिमालयन आवासीय माध्यमिक विद्यालय, कुस्मीसेरा बागलुङले रसुवाका बाढीपीडितका लागि विद्यार्थी, शिक्षक तथा विद्यालय संस्थाको तर्फबाट राहत कोष जुटाई हस्तान्तरण गरेको छ।
विपत्तिको कठिन समयमा पीडित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले विद्यालयले गरेको यो मानवीय कार्यलाई स्थानीयस्तरमा सराहनीय र प्रेरणादायी कदमका रूपमा लिइएको छ। सानो भए पनि संकटका बेला गरिएको सहयोगले पीडितहरूलाई राहतसँगै हौसला प्रदान गर्ने विद्यालयको विश्वास छ।
संघर्षबाट पुनर्जागरणसम्मको यात्रा
हिमालयन आवासीय माध्यमिक विद्यालयको इतिहास पनि संघर्ष, सहकार्य र समर्पणले भरिएको छ। वि.सं. २०४८ सालमा शिक्षा, व्यापार तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको योगदान र सहकार्यबाट कुस्मीसेरामा विद्यालयको स्थापना भएको थियो।
त्यसैगरी, वि.सं. २०५७ सालमा सेरा बजारका केही व्यापारी तथा शिक्षाप्रेमीहरूको पहलमा चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल स्थापना भयो।
वि.सं. २०६३ सालमा द्वन्द्वको प्रभावका कारण दुवै विद्यालय केही समय प्रभावित भएपछि संस्थालाई जोगाउँदै अघि बढाउने उद्देश्यले दुवै विद्यालयका गरी १५ जना संस्थापक सेयरधनीहरू एकजुट भएका थिए। उनीहरूको निरन्तर प्रयासपछि हिमालयन बोर्डिङ स्कुल पुनः सञ्चालनमा ल्याइएको थियो।
विभिन्न आरोह–अवरोह पार गर्दै अघि बढेको विद्यालयले आज शैक्षिक क्षेत्रमा मात्र नभई सामाजिक उत्तरदायित्व र विपद्का बेला मानवीय सहयोगमा समेत आफ्नो भूमिका प्रस्तुत गर्दै आएको छ।
विद्यालयका संस्थापक, शिक्षक, विद्यार्थी तथा शुभेच्छुकहरूको लामो समयदेखिको मेहनत, त्याग र सकारात्मक सोचकै परिणामस्वरूप संस्था सामाजिक सेवासहित निरन्तर अघि बढिरहेको छ।
विपत्तिमा पीडितको साथमा उभिने हिमालयनको यो प्रयासले ‘शिक्षासँगै सेवा’ भन्ने भावनालाई थप उजागर गरेको छ।
यसपालि पनि तीज गीतमा फेरिइनन् विष्णु माझीकी मोडल!
ताजा सुचना
समय ठिक 7/30
सभादाता
विष्णु माझीको तीज गीत भनेपछि अब ललिता पौडेलको अनुहार पनि जोडिन थालेको छ।
‘चरी जेलैमा’ सुपरहिट भएपछि त्यसको दोस्रो भाग ‘चरी जेलैमा २’ मा पनि ललिता नै देखिइन्। त्यसपछि विष्णु माझीको ‘बलमा’ गीतमा भने अर्की मोडल देखिइन्।
तर, त्यसयता फेरि विष्णु माझीका हरेक तीज गीतमा ललिता पौडेल नै देखिँदै आएकी छन्। दुई वर्षअघि ‘आइनँ आमा यो तीजमा’, गत वर्ष ‘म त नराउरी’ र यसपालि सार्वजनिक भएको ‘घरबार’ मा पनि उनै ललिता।
अर्थात्, बीचमा ‘बलमा’मा ब्रेक लागे पनि त्यसपछि भने विष्णु माझीको तीज गीतमा ललिताको निरन्तरता कायमै छ।
अब जिज्ञासा दर्शकसामु- विष्णु माझीको तीज गीतमा ललिता पौडेलको अभिनय कस्तो लाग्छ नी?
अनि विष्णु माझीको यसपालिको तीज गीत ‘घरबार’ हेर्नुभयो? कि बाँकी छ?
भोटेकोशी बाढी पीडितका लागि लेखनाथ उद्योग वाणिज्य सङ्घद्धारा राहत संकलन शुरु
ताजा सुचना(
समय 7 :00
सभादाता
लेखनाथ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा पुरÞ्याएको क्षतिमा सहयोग गर्ने उद्देश्यले लेखनाथ उद्योग वाणिज्य सङ्घले राहत संकलन कार्यक्रम सुरु गरेको छ। सङ्घका अध्यक्ष जानुका…
लेखनाथ ।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा पुरÞ्याएको क्षतिमा सहयोग गर्ने उद्देश्यले लेखनाथ उद्योग वाणिज्य सङ्घले राहत संकलन कार्यक्रम सुरु गरेको छ।
सङ्घका अध्यक्ष जानुका पराजुली अधिकारीले बाढीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ कामना गर्दै बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिनुपर्ने बताएकी छन्। “समग्र नेपालीको छाती चर्किएको छ, मन रोएको छ,“ उनले भनिन ।
सङ्घले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख रुपैयाँ जम्मा गरिसकेको छ भने त्यसपछि राहत संकलन अभियान थालेको हो । जसको संयोजन सङ्घका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईले गर्नेछन्। उनले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै यो घडीमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउँदै स्थानीय तह, संघसंस्था, निजी क्षेत्र तथा आम नागरिकलाई समेत सहयोगका लागि अघि बढ्न आ्रह गरेका छन ।
कार्यक्रम अन्तर्गत चामल, चिउरा, दाल, तेल; लुगा, कम्बल तथा न्यानो कपडा, पिउने पानी; स्यानिटरी तथा सरसफाई सामग्री; र भाँडाकुँडा लगायतका जिन्सी सामग्री संकलन गरिनेछ । इच्छुक व्यक्ति तथा संस्थाले पोखरा–२९, भण्डारढिक स्थित लेखनाथ उद्योग वाणिज्य सङ्घको सचिवालयमा सामग्री बुझाउन सकिनेछ।
सङ्घका अनुसार संकलित प्रत्येक सामग्री तथा रकमको अभिलेख राखी सार्वजनिक गरिने र नेपाल उद्योग वाणिज्य महासङ्घमार्फत पारदर्शी ढङ्गले सम्बन्धित पीडितसम्म पुरÞ्याइनेछ। अध्यक्ष पराजुलीले सबै नेपालीलाई यस राहत अभियानमा सहभागी हुन अपिल समेत गरेकी छन्।
प्रकाशित मिति २०८३ भदौ १७ गते बुधबार ०५:१९
हजुरको प्रतिक्रिया
त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन थाल्यो
ताजा सुचना
ताजा सुचना
समय 9 बजे
सभादाता)
२०८३ भदौ १७ गते बुधबार ११:२७
पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जवाङ खोला क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिन थालेको छ । नदीले सडकको तल्लो भागबाट तिब्र रूपमा कटान गरेसँगै बुधवार बिहानैदेखि सो स्थानमा सडकको सतह दबिन शुरु भएको हो । नदीको…
पोखरा ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जवाङ खोला क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिन थालेको छ ।
नदीले सडकको तल्लो भागबाट तिब्र रूपमा कटान गरेसँगै बुधवार बिहानैदेखि सो स्थानमा सडकको सतह दबिन शुरु भएको हो ।
नदीको बहाव बढेर सडकको जगमै क्षति पु¥याउन थालेपछि राजमार्गको उक्त खण्ड उच्च जोखिममा परेको छ । गत भदौ १० गते आएको बाढीपछि त्रिशूली नदीले यस क्षेत्रमा निरन्तर कटान गरिरहेको थियो ।
आज बिहानदेखि सडकको केही भाग धस्सिएपछि सो क्षेत्र भएर गुड्ने सवारी साधन र यात्रुहरूको सुरक्षालाई लिएर चिन्ता बढेको छ ।
सडक भासिने क्रम शुरु भएसँगै उक्त खण्डमा यातायात सञ्चालन गर्दा उच्च सावधानी अपनाउनुपर्ने देखिएको छ ।
प्राविधिक रूपमा सडकको आधारभूत संरचनामै असर परेकाले थप क्षति हुन नदिन र सम्भावित दुर्घटना टार्न शतर्कता अपनाउन आवश्यक रहेको छ ।
रसुवा बाढि : पर्वतका १ जना अझै वेपत्ता
2 mins ago
ताजा सुचना
अमिका पाैडेल ( ग्रुप मेम्बर बा सञ्चारकर्मी)
५००
Shares
१५ भदौ, पर्वत । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी पर्वत जिल्लाका एक जना अझै सम्पर्कविहीन रहेका छन् । बाढीपछि विभिन्न जिल्लाबाट रसुवा पुगेका नागरिकको खोजी भइरहेका बेला पर्वतका एक जना अझै परिवारको सम्पर्कमा नआएको विवरण प्राप्त भएको हो ।
विनाशकारी बाढीमा परी पर्वतका एक बैंक प्रबन्धक अझै सम्पर्कविहीन छन् । पर्वतको फलेवास नगरपालिका–४, मुडिकुवाका शिव लम्साल बाढी आएको दिनदेखि परिवार तथा आफन्तको सम्पर्कमा नआएका हुन् ।
लम्साल रसुवाको स्याफ्रुबेँसीस्थित एक बैंकका शाखा प्रबन्धकका रूपमा कार्यरत थिए । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा उद्धार तथा खोजी कार्य जारी छ। पछिल्लो विवरणअनुसार हजारौँ मानिसको उद्धार भइसके पनि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन् ।
यसै वीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा उद्धार गरिएकाको तथ्याङ्क सार्वजनिक गरिरहेको छ । प्राधिकरणको उपलब्ध उद्धार सूचीलाई आधार मान्दा गण्डकी प्रदेशका ६ जिल्लाका १७ जनाको रसुवाबाट उद्धार गरिएको छ ।
पर्वतका ५० वर्षीय प्रेमप्रसाद सुवेदी र २१ वर्षीय आकाश चुनरा तथा गोर्खाका ७० वर्षीय बुढानिधि पन्त र ६० वर्षीय सिता पन्तलाई पनि रसुवाबाट सकुशल उद्धार गरिएको छ ।
सम्बन्धीत न्युज
मुस्ताङ र म्याग्दीका हिमताल : कालीगण्डकी हुँदै पर्वतसम्म पुग्न सक्छ बाढीको असर
2 hours ago





