ताजा सुचना
समय 6 बजे
पाेखरा /
पोखरा । पोखराको मुस्ताङ चोकमा सडकको नालीमा आएको भलले बगाउँदा आमा–छोरी गम्भीर घाइते भएका छन् ।
पोखरा–३० ढुङ्गेपाटन बस्ने २६ वर्षीया सुष्मा दाहाल र उनकी २ वर्षीया छोरी रानीका दाहाललाई प्रहरीले स्थानीयको सहयोगमा गम्भीर अवस्थामामा उद्दार गरेको हो ।
उनीहरूलाई पोखराको बिरौटास्थित नहर कुलोबाट उद्दार गरि उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।
जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र कास्कीका अनुसार शुक्रबार ४ बजेको समयमा बिरौटाबाट पृथ्वीचोकतर्फ आउँदै गरेको ग १३ प २८५९ नम्बरको स्कुटर मुस्ताङ चोकमा साइड लगाएर झर्ने क्रममा नालीको पानीको भलले दुबैलाई बगाएको हो।
घाइते दुवैको बाहिरी चोट नदेखिए पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


Post Views: 51





