लोकदोहोरी गायिका रिना केसी र लोकगायक डिल्लीको तीज गीत ‘अँधेरी रांतैमा बाेल्लकाे सार्वजनिक
ताजा सुचना
समय ८;44
सुजन अाचार्य
बागलुङ। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा सांगीतिक बजारमा नयाँ–नयाँ तीज गीत सार्वजनिक हुने क्रम बढिरहेको छ। यही क्रममा गायिका रिना केसी र लोकगायक डिल्लीको स्वरमा रहेको नयाँ मौलिक तीज गीत ‘अँधेरी रातै’ सार्वजनिक भएको छ।
लोकलयमा आधारित उक्त गीतले तीज पर्वको सांस्कृतिक र मनोरञ्जनात्मक पक्षलाई समेट्ने प्रयास गरेको छ। रिना केसीको मधुर स्वर र लोकगायक डिल्लीको लोकदोहोरी शैलीको गायनले गीतलाई थप आकर्षक बनाएको निर्माण पक्षले जनाएको छ।
‘अँधेरी रातै’ गीतमा नेपाली लोकसंस्कृति, तीजको रौनक तथा गाउँघरको मौलिकपन झल्काउने प्रयास गरिएको छ। गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया आउने अपेक्षा गरिएको छ।
तीज पर्वको अवसरमा सार्वजनिक भएको यस गीतले नेपाली लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास लिइएको छ। हाल नेपाली सांगीतिक क्षेत्रमा तीज लक्षित गीत सार्वजनिक हुने क्रम तीव्र बन्दै गएको छ।
‘अँधेरी रातै’ तीज गीतलाई धेरैभन्दा धेरै हेर्न, सुन्न तथा कलाकारलाई हौसला प्रदान गर्न सम्पूर्ण दर्शक–श्रोतासमक्ष आग्रह गरिएको छ।









