२०८३ भाद्र २७ शनिबार

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र २७ शनिबार

नुवाकोटको पटाबारीमा पहिरो, रोकिए राहत बोकेका गाडी (तस्बिर)
कुस्मि सेरा खबर
शुक्रबार, भदौ १९, २०८३)
20
Shares
मनिसा सुवेदी( ग्रुप मेम्बर)
नुवाकोट : काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ।

सडक अवरुद्ध भएपछि काठमाडौं–नुवाकोटतर्फ आवतजावत गर्ने दर्जनौँ सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् ।

आवतजावत ठप्प हुँदा नुवाकोट र रसुवाका बाढीपहिरो प्रभावितका लागि राहत सामग्री बोकेका सवारीसाधनसमेत बीच बाटोमै रोकिएका छन् ।

स्काभेटर प्रयोग गरी पहिरो पन्छ्याउने काम भइरहेको छ । ठूलो पहिरो भएकाले सडक पूर्णरूपमा सञ्चालनमा आउन केही घण्टा लाग्न सक्ने सुरक्षाकर्मी तथा पहिरो पन्छाउने काममा खटिएका कामदारले बताएका छन्।

भाद्र १९ गते २०८३ मा प्रकाशित

फेवातालमा कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
ताजा सुचना
समय ठिक 10;5 मिनेट
सिर्जना शर्मा

60
Shares

पोखरा, १९ भदौ/ पोखरा महानगरपालिका–१८ गैराकोचौतारा घुम्तीमा शुक्रबार बिहान भारतीय नम्बर प्लेटको कार फेवातालमा खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कारका चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल फेवातालमा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ हेक्वा कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको नेतृत्वमा १३ जनाको टोलीसमेत उद्धार कार्यमा खटिएको थियो।

दुर्घटनापछि उद्धार गरिएका भारतको बिहार प्रदेश, मोतिहारी जिल्ला रक्सोल घर बताउने २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादवलाई उपचारका लागि जीएमसी अस्पताल पठाइएको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

उद्धार टोलीले बिहान करिब ५ः५५ बजे फेवातालको पानीभित्रबाट थप दुई जनालाई अचेत अवस्थामा निकालेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएको थियो। तर चिकित्सकले बिहान ६ः२१ बजे दुवै जनालाई मृत घोषणा गरेका थिए।

मृत्यु हुनेमा भारतको बिहार प्रदेश, इस्ट चम्पारण जिल्ला रक्सोल घर भएका २६ वर्षीय नवदीप कुमार यादव रहेका छन्। उनको परिचय आधार कार्डबाट खुलेको प्रहरीले जनाएको छ।
अर्का मृतक करिब ४० देखि ४५ वर्ष उमेरका पुरुष रहेका छन्। उनको नाम, थर र ठेगाना भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेको भारतीय नम्बर BR 05 BB 6759 को कारलाई बिहान करिब ६ः२० बजे क्रेनको सहायताले फेवातालबाट निकालेर वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ।

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
ताजा सुचना
समय बिहान 7 ;00
सुजन अाचार्य
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूले आज श्रीकृष्ण जन्माष्टमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। भगवान् श्रीकृष्णको जन्म भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको धार्मिक विश्वासअनुसार हरेक वर्ष यो पर्व मनाउने गरिन्छ। �

जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिर तथा घरघरमा विशेष पूजा–आराधना, भजन–कीर्तन, प्रवचन तथा व्रत गर्ने परम्परा रहेको छ। भक्तजनहरू भगवान् श्रीकृष्णको दर्शन तथा पूजा गर्न विभिन्न कृष्ण मन्दिरमा पुग्ने गरेका छन्। �

भगवान् श्रीकृष्णलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेताका रूपमा सम्मान गरिन्छ। उहाँका शिक्षाले सत्य, सदाचार, कर्तव्य र मानवताप्रति प्रेरणा दिने धार्मिक मान्यता छ।
**श्रीकृष्ण जन्माष्टमीको सम्पूर्णमा हार्दिक शुभकामना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।