२०८३ भाद्र २६ शुक्रबार

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र २६ शुक्रबार

🎉 कुस्मीसेरा खबरको पहिलो वर्षमा प्रवेश — हार्दिक बधाई तथा
धन्यवाद! 🎉

समय 8″55
बिनाेद शर्मा
जैमिनी मिडिया प्रा.लि.द्वारा सञ्चालित ‘कुस्मीसेरा खबर’ सफलतापूर्वक आफ्नो पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको सुखद अवसरमा सम्पूर्ण विज्ञापनदाता, शुभचिन्तक, पाठक, दर्शक, सहयोगी तथा आलोचकहरूप्रति हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछौँ।
यहाँसम्म आइपुग्न तपाईंहरूको माया, विश्वास, सुझाव, सल्लाह साथ र सहयोगले महत्वपूर्ण भूमिका खेलेको छ। हाम्रो यात्रामा साथ दिनुहुने विज्ञापनदाताले हौसला दिनुभयो, शुभचिन्तकले प्रेरणा दिनु हुने र आलोचक राम्रो बन्ने अवसर दिनु हुने
सत्य, तथ्य र निष्पक्ष समाचारलाई प्राथमिकता दिँदै स्थानीय आवाज, समस्या, सम्भावना र सफलताका कथाहरूलाई जनसमक्ष पुर्‍याउने हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ।
हिजोको साथका लागि धन्यवाद, आजको विश्वासका लागि आभार र भोलिको यात्राका लागि पनि तपाईंहरूको माया, साथ र सुझावको अपेक्षा गर्दछौँ।
🙏 कुस्मीसेरा खबरको पहिलो वर्ष प्रवेशको हार्दिक शुभकामना!
साथ, सहयोग र विश्वास निरन्तर रहिरहोस्।
— जैमिनी मिडिया प्रा.लि. परिवार:
केन्द्रीय कार्यालय काठमाडौ र शाखा कार्यालय जैमिनि नगरपालिका

ताजा सुचना

शान्ति उच्च माध्यमिक विद्यालय नयाँ विद्यार्थीलाई स्वागत गरेको
ताजा सुचना
समय ठिक ३ ;35
सुजन अाचार्य

बागलुङ, जैमिनी — बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१ को केन्द्रमा रहेको श्री शान्ति उच्च माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूले नयाँ शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भई आएका विद्यार्थीहरूलाई विशेष कार्यक्रम आयोजना गरी स्वागत गरेका छन्।

विद्यालयमा आयोजित स्वागत कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले नवआगन्तुक विद्यार्थीहरूलाई फूल, शुभकामना तथा आत्मीय स्वागतका साथ विद्यालय परिवारमा स्वागत गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूबीच परिचय आदानप्रदान गर्नुका साथै कक्षा ११ का विद्यार्थीहरूको शैक्षिक यात्राको सफलताको कामना गरिएको थियो।

स्वागत कार्यक्रममा बोल्ने विद्यार्थी प्रतिनिधिहरूले कक्षा ११ मा नयाँ आएका विद्यार्थीहरूलाई अनुशासन, लगनशीलता र निरन्तर मेहनतका साथ अध्ययन गर्न आग्रह गरेका थिए। साथै विद्यालयको शैक्षिक, सामाजिक तथा अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता जनाउँदै उज्ज्वल भविष्य निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।

नयाँ विद्यार्थीहरूले पनि कक्षा १२ का विद्यार्थीहरूले गरेको आत्मीय स्वागतप्रति खुसी व्यक्त गर्दै विद्यालयको मर्यादा कायम राख्दै राम्रो शिक्षा हासिल गर्ने प्रतिबद्धता जनाएका थिए।

विद्यालय परिवारले समेत विद्यार्थीहरूबीचको आपसी सद्भाव, सहयोग र भाइचाराको भावना विकास गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

कक्षा १२ का विद्यार्थीहरूले गरेको यो आत्मीय स्वागतले श्री शान्ति उच्च माध्यमिक विद्यालयमा नयाँ उत्साह र सकारात्मक शैक्षिक वातावरण सिर्जना गरेको छ।

बागलुङको भैरवस्थानमा मनाइयो हरेलो मेला
मेलामा परम्परागत तरबार नाच, विभिन्न लोकगीत, भजन तथा चुड्कासमेत प्रस्तुत गरिन्छ ।

भाद्र २, २०८३
बागलुङ नगरपालिका–१२ स्थित कालभैरव मन्दिरमा नागपञ्चमीपछिको भदौ पहिलो मंगलबार सयौं वर्ष पुरानो हरेलो मेला सम्पन्न भएको छ।
वर्षे खेतीपछि रोगकिरा नलागोस् र सहकाल लागोस् भन्दै किसानहरूले भैरवको पूजा गरे भने मेलामा तरबार नाच, लोकगीत, भजन तथा चुड्का प्रस्तुत गरियो।
स्थानीयले झण्डै तीन सय वर्षदेखि नियमित पूजा गर्दै आएको भैरवस्थानलाई मौलिक मेलाका रूपमा विकास गर्न मन्दिर व्यवस्थापन समितिले पहल गरिरहेको छ।
बागलुङ — वर्षे खेती लगाइसकेपछि रोग किरा नलागोस् भन्दै खेतबारीमा चरा, ध्वजापतंगा बनाउँदै भैरवको पूजा गरी यहाँ हरेलो मेला सम्पन्न गरिएको छ ।

नाग पञ्चमीपछिको भदौको पहिलो मंगलबारको अवसर पारेर सयौं वर्षौंदेखि यहाँ हरेलो मेला लगाउने चलन छ । बागलुङ नगरपालिका–१२ स्थित प्रसिद्ध कालभैरव मन्दिरमा हरेलो मेला लगाइएको हो ।

भैरवस्थान मन्दिर व्यवस्थापन समितिले हरेलोलाई मौलिक मेलाका रूपमा विकास गर्ने लक्ष्यले यहाँ विधिपूर्वक पूजा गर्न आधा दर्जन गाउँका सयौं बासिन्दा मंगलबार भैरवस्थान पुगेका थिए । काठमाडौं, पाल्पा र बलेवाका भैरवको पूजालाई विशेष मानिंदै आइएको छ । यो मेलामा परम्परागत तरबार नाच, विभिन्न लोकगीत, भजन तथा चुड्कासमेत प्रस्तुत गरिन्छ । खेतीपाती लगाएर सकेका किसानहरू सहकाल लागोस् भन्दै भैरवको पूजा गर्न यहाँ पुग्ने गर्छन् ।

विजयपुर खोलामा बेपत्ता मध्य एक जना बालकको शव फेला :

कास्कीको विजयपुर खोलामा तर्ने क्रममा बेपत्ता भएका दुई बालकमध्ये एक जनाको शव फेला परेको छ।
मिति २०८३/०४/३० गते विजयपुर खोला तर्ने क्रममा बेपत्ता भएका बालकहरूको थप खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमान्डमा तीन जना गोताखोरसहित ११ जनाको टोली आवश्यक खोज तथा उद्धार सामग्रीसहित मिति २०८३/०५/०२ गते बिहान ९:५५ बजे घटनास्थलतर्फ खटिएको थियो।

बिहान ११:१५ बजे घटनास्थलभन्दा करिब १५० मिटर तल र्‍याप्लिङ/क्लाइम्बिङ रोप रेस्क्यु विधिबाट सशस्त्र प्रहरी हवल्दार सूर्यबहादुर थापा र सशस्त्र प्रहरी सहायक हवल्दार किरण सुवेदी करिब ६०–७० मिटर तल खोँचमा गई खोज तथा उद्धार कार्य सुरु गरेका थिए।

खोजीका क्रममा दिउँसो १:५० बजे घटनास्थलबाट करिब १.५ किलोमिटर तल गोरखा भिलेज पछाडि भत्किएको पर्खालको रडभित्र शव फेला परेको थियो। एक्साभेटरको सहयोगमा दिउँसो २:२६ बजे शवलाई पानीबाट बाहिर निकालिएको हो।
उक्त शव पोखरा महानगरपालिका–१४, छिनेडाँडा बस्ने १४ वर्षीय निक्सन गुरुङको रहेको उनका आफन्तले पहिचान गरेका छन्।
बेपत्ता भएका अर्का बालकको खोजी तथा उद्धार कार्य जारी रहेको छ।

सन्तोष के.सी को तिज गित “जेठो छोरो बुहारी” सार्बजनिक (भिडियो सहित)
ताजा सुचना
समय ९ १५
सुजन अाचार्य
गोकर्ण पाण्डे,गुल्मी ।नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा नेपाली साङ्गेतिक बजारमा दिन प्रतिदिन तिज गित हरु बजारमा आईरहेका छन् । लामो समय देखि नेपाली लोक दोहोरी क्षेत्रमा उदाईरहेका निकै लोकप्रिय लोकदोहरी गाएक सन्तोष के.सी ले तिज गित “जेठो छोरो बुहारी” सार्बजनिक गरेका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल र सधैँ मौलिक गीतसंगीतको पछि हिँड्ने गायक सन्तोष के.सी का थुप्रै लोकदोहोरी गीत बजारमा छन्।
पछिल्लो समय सन्तोष के.सीको स्वर मा रहेका भट्टीकी साउनी २, छोरी, सासु बुहारी र आमा, माईलीको भट्टी,पल्लाघरे सुन्तली, सासु बुहारिको झगडा,भट्टिकी साउनी,सौता, बुहारी, छोरिको कर्मा जस्ता तीज गीतहरू बजारमा निकै चर्चामा छन् । हरेक वर्ष तीज आउन बित्तिकै सन्तोष के.सी का फ्यानले तीज गीत खोज्न थाल्छन् । उसो त गायक सन्तोष के.सी ले हरेक वर्ष तीज गीत बजारमा ल्याउने गरेका छन्।
अहिले पनि फ्यानको माया साथले यो वर्ष पनि तीज गीत सार्वजनिक गर्न सफल भएको के.सी ले बताए ।
गीतमा निकै उत्कृष्ट शब्द समावेश गरिएको छ । गीतमा सन्तोष के.सी र पछिल्लो समय निकै चर्चा कमाउन सफल गायिका देवी घर्ती,पुर्णकला बिसि,राधिका हमाल को स्वर भरिएको छ । गीतको शब्द र लय सिर्जना सन्तोष के.सी आफैँले गरेका छन्। गित को एरेन्ज सुदीप सागरले गरेका छन्। गीतको म्युजिक भिडियोमा किरण के.सी ,दमन रुपाखेती, लक्ष्मी गिरी, अंशु महर्जन,निरु खड्का अभिनय रहेको देख्न सकिन्छ। गीत भिडियो सन्तोष के.सी च्यानलबाट सार्वजनिक भएको छ।

नागपञ्मको शुभकामना सगै धार्मिक तथा सांस्कृतिक महत्व
ताजा सुचना
८:27
सुजन अाचार्य
बागलुङ । हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व नागपञ्चमी आज श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यस अवसरमा नागदेवताको पूजा–आराधना गर्दै घरको ढोकामाथि नागको चित्र टाँस्ने तथा दूध, अक्षता, फूललगायत सामग्री चढाउने परम्परा रहिआएको छ।
नागपञ्चमीलाई नागदेवताको सम्मान गर्ने पर्वका रूपमा लिइन्छ। धार्मिक मान्यताअनुसार नागलाई वर्षा, पानी तथा प्रकृतिसँग जोडेर हेर्ने गरिन्छ। घरपरिवारमा सुख, शान्ति र समृद्धि कायम होस् तथा प्राकृतिक विपत्तिबाट रक्षा होस् भन्ने विश्वासका साथ नागको पूजा गर्ने चलन छ।
यस पर्वले नेपाली समाजमा पुस्तौँदेखि चलिआएको धर्म, संस्कृति, परम्परा र प्रकृतिप्रतिको सम्मानलाई समेत उजागर गर्छ। विशेषगरी गाउँघरमा नागपञ्चमीका दिन नागपूजा गर्नुका साथै आफ्ना मौलिक संस्कार र परम्परालाई निरन्तरता दिने गरिन्छ।
नागपञ्चमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना।

भरिथानमा हरेलो मेला लाग्दै, स्थानीयमा बढ्यो उत्साह
ताजा सुचना
समय 12″55
सुजन अाचार्य

बागलुङ, जैमिनी — जैमिनी नगरपालिका क्षेत्रको भरिथानमा परम्परागत हरेलो मेला लाग्ने तयारीसँगै स्थानीयवासीमा उत्साह बढेको छ। खेतीपातीको कामसँग जोडिएको हरेलो पर्वलाई स्थानीय संस्कृति, परम्परा र सामाजिक एकताको प्रतीकका रूपमा मनाउने गरिन्छ।
मेलाका अवसरमा गाउँघरमा रहेका स्थानीय तथा विभिन्न ठाउँमा पुगेका आफन्तजनसमेत भेला हुने भएकाले भरिथान क्षेत्र चहलपहल हुने अपेक्षा गरिएको छ। मेला स्थानीय कला, संस्कृति र आपसी सद्भावलाई संरक्षण तथा प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसर बन्ने स्थानीयको विश्वास छ।
हरेलो पर्व खेतीपातीसँग जोडिएको परम्परासँग सम्बन्धित रहेको र बागलुङका विभिन्न क्षेत्रमा यस अवसरमा मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने गरेको पाइन्छ।
मेलालाई व्यवस्थित र सुरक्षित बनाउन स्थानीय आयोजक, समुदाय तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक देखिएको छ। मेला सफल बनाउन सरसफाइ, यातायात व्यवस्थापन र शान्ति–सुरक्षामा विशेष ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ।
भरिथानको हरेलो मेला यस वर्ष स्थानीय संस्कृति, भेटघाट र मनोरञ्जनको सुन्दर संगम बन्ने अपेक्षा गरिएको छ।

ताज सुचना
समय १ ३८
सुजन अाचार्ष
पोखरी–कुश्मीसेरा सडक खुलेसँगै स्थानीयलाई सहज
बागलुङ, / । जैमिनी नगरपालिका क्षेत्रमा पर्ने भरिथान–पोखरी–कुश्मीसेरा सडक सञ्चालनमा आएसँगै स्थानीयवासीलाई आवतजावतमा सहजता भएको छ।
सडक खुलेपछि पोखरी तथा आसपासका बस्तीबाट कुश्मीसेरा बजारसम्म आवतजावत गर्न तथा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न सहज भएको स्थानीयले बताएका छन्। विशेषगरी वर्षायाममा सडक अवरुद्ध हुँदा समस्या भोग्दै आएका स्थानीयका लागि सडक सञ्चालनमा आउनु राहतको विषय बनेको छ।
जैमिनी नगरपालिकाको केन्द्रसमेत रहेको कुश्मीसेरा बजारसँग ग्रामीण क्षेत्रलाई जोड्ने सडकको नियमित सञ्चालनले स्थानीय व्यापार, शिक्षा, स्वास्थ्य तथा अन्य सेवामा पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। नगरपालिकाले विभिन्न सडक सञ्जाललाई प्राथमिकताका साथ अघि बढाउँदै आएको छ।
सडक खुलेसँगै स्थानीयमा खुसी छाएको छ भने सडकलाई दिगो र सुरक्षित बनाउन नियमित मर्मतसम्भार आवश्यक देखिएको छ।

ताजा सुचना
समय १०; 35
सुजन अाचार्य
जैमिनीमा बढ्दो बसाइँसराइ : गाउँ रित्तिँदै, शहरतिर आकर्षण बढ्दै
बागलुङको जैमिनी नगरपालिकामा पछिल्लो समय बसाइँसराइको प्रभाव बढ्दै गएको देखिन्छ। गाउँघरमा जनसंख्या घट्दै जानु र रोजगारी, शिक्षा तथा सुविधाको खोजीमा परिवारहरू शहर तथा अन्य क्षेत्रमा जाने क्रम बढेपछि स्थानीय बस्तीहरूमा यसको प्रत्यक्ष असर पर्न थालेको छ।
युवापुस्ता रोजगारीका लागि देशका ठूला शहर तथा विदेशतर्फ जाने, बालबालिकाको राम्रो शिक्षाका लागि परिवारसहित बजार क्षेत्रमा बसाइँ सर्ने र स्वास्थ्य तथा यातायातजस्ता आधारभूत सुविधाको सहज पहुँच खोज्ने प्रवृत्ति बसाइँसराइका प्रमुख कारण मानिन्छन्।
बसाइँसराइ बढ्दै जाँदा गाउँका विद्यालयमा विद्यार्थी संख्या घट्ने, खेतीयोग्य जमिन बाँझो रहने र परम्परागत कृषि तथा स्थानीय उत्पादनमा असर पर्ने अवस्था देखिन थालेको छ। कतिपय बस्तीमा वृद्धवृद्धा र ज्येष्ठ नागरिकको संख्या मात्रै बढी देखिन थालेको स्थानीयको गुनासो छ।
तर जैमिनीमै रोजगारीका अवसर सिर्जना गर्ने, कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउने, सडक–स्वास्थ्य–शिक्षा सुविधा विस्तार गर्ने र स्थानीय पर्यटन तथा उद्यमलाई प्रोत्साहन गर्ने हो भने बसाइँसराइको गति घटाउन सकिने सम्भावना छ।
गाउँमै अवसर र सुविधा बढाउन सके जैमिनीका बस्ती फेरि चलायमान बन्न सक्छन्। त्यसका लागि स्थानीय सरकार, नागरिक र युवाको संयुक्त प्रयास आवश्यक देखिन्छ।

बास्टारीका लोकगायक डिल्ली पौडेलः स्थानीय माटोको सुगन्ध बोकेर संगीत यात्रा मा
ताजा सुचना
समय 12″50
सुजन अाचार्य

बागलुङ, जैमिनी–१ । बागलुङको जैमिनी नगरपालिका–१ बास्टारीका डिल्ली पौडेल स्थानीय लोकसंगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक हुन्। गाउँघरको परिवेश, स्थानीय संस्कृति र नेपाली मौलिकतालाई गीत–संगीतमार्फत प्रस्तुत गर्दै पौडेलले आफ्नो सांगीतिक यात्रा अघि बढाइरहेका छन्।

पौडेलको स्वरमा सार्वजनिक भएको ’ गीतले उनको सांगीतिक यात्रालाई थप चिनाएको छ। डिल्ली पौडेल र सुनिल केसीको प्रस्तुति रहेको उक्त गीतमा शिव अखेलीको शब्द तथा लय र तारानाथ आचार्यको एरेन्ज रहेको छ। गीतमा नवीना सुवेदीलगायत कलाकारको पनि स्वर रहेको छ।

पौडेलका यसअघि ‘छ छैन मायाले बाटो देखेको’ र‘बोडी र तरुल’     केतुकी    हेरिनाै फेर्केर भने        जस्ता गीत तथा एल्बम पनि सार्वजनिक भइसकेका छन्। उनका सिर्जना र प्रस्तुतिले जैमिनी क्षेत्रको स्थानीय कला तथा संस्कृतिलाई संगीतको माध्यमबाट बाहिरी संसारसम्म पुर्‍याउन योगदान गरिरहेका छन्।

‘केतुकी’ गीतको छायांकनसमेत जैमिनी क्षेत्रकै कुश्मीसेरा बजार, बिनामारे र बास्टारीमा गरिएको तथ्यले स्थानीय कलाकार र स्थानीय परिवेशबीचको सुन्दर सम्बन्धलाई देखाउँछ।

स्थानीय प्रतिभालाई प्रोत्साहन गर्दै अगाडि बढिरहेका डिल्ली पौडेल जैमिनीको सांगीतिक पहिचानलाई अझ फराकिलो बनाउन सक्ने सम्भावना बोकेका कलाकारका रूपमा देखिन्छन्। आगामी दिनमा पनि मौलिक लोकसंगीत र स्थानीय संस्कृति संरक्षणमा उनको योगदान अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।