२०८३ भाद्र २६ शुक्रबार

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र २६ शुक्रबार

पोखरा। स्याङ्जाको गल्याङमा सोमबार साँझ जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् ताजा सुचना
समय ११:27
सभादाता

मृत्यु हुनेमा गल्याङ नगरपालिका वडा नं ८ की २५ वर्षीया निशा पचभैया र गल्याङ-९ का ६० वर्षका यमबहादुर विक छन्।

दुर्घटनामा १७ जना घाइते भएकामा दुई जनाको अवस्था गम्भीर रहेको छ। जसमा वसन्ती विश्वकर्मा र देवी विक छन्। उनीहरूलाई थप उपचारका लागि पाल्पास्थित मिसन अस्पताल रिफर गरिएको छ।

अन्य १५ जना घाइतेको गल्याङ नगर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीले जानकारी दिए।

नगर अस्पतालमा उपचार गराइरहेका घाइतेहरूमा जीप चालक दीपक विक, बोमा खनाल, सगुन विक, टोलबहादुर विक र असिसा पचभैया छन्।

यस्तै मेघनाथ खनाल, राधामाया राना, गंगा विश्वकर्मा, दुर्गा विक र यमकला खनालको पनि उपचार भइरहेको छ। घाइतेमध्ये स्नेहा परियार, सुप्रिया थापा, समिर विक, अरुणा गाहा र पार्वती विक भने उपचारपछि डिस्चार्ज भएका छन्।

गल्याङबाट वडा नं ९ साङलियातर्फ जाँदै गरेको ग१ज ६५३४ नम्बरको जीप करादीको उकालो घुम्तीमा नियन्त्रण गुमाएर सडकबाट खसेको डीएसपी अवस्थीले बताए।

दुर्घटना लगत्तै स्थानीय र प्रहरीले घाइतेको उद्धार गरेका थिए। घटनास्थलमा वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी नायव उपरीक्षक प्रताप पौडेलको नेतृत्वमा १५ जनाको टोली खटिएको थियो।

साथै गल्याङ प्रहरी चौकीबाट पनि ट्राफिकसहित सात जनाको टोली पुगेको छ। प्रहरीले अस्पतालमा पुगेर घाइतेको पहिचान र विस्तृत विवरण संकलन गरिरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको डीएसपी अवस्थीले बताए।

भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार
ताजा सुचना

२०८३ भदौ ८ गते सोमबार ०४:१०
ताजा सुचना
समय ५:३
सुजन अाचार्य
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई घटनास्थलमै गोली ठोक्ने कानुन लागू गर्न माग गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई घटनास्थलमै गोली ठोक्ने कानुन लागू गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

उनले बझाङकी सम्झना कामीदेखि कञ्चनपुरकी निर्मला पन्त, कैलालीकी माया कामी, रुपन्देहीकी अंगिरा पासी, खोटाङकी रेस्मिका परियार, म्याग्दीकी मिना परियार तथा हालै गरिमा चौधरीको बलात्कारर हत्याका घटनाको स्मरण गर्दै यस्ता अपराधिक घटनाको फेहरिस्त निकै लामो रहेको बताए ।

उनले पीडितको नाम लिएर घटनामाथि लामो बहस गर्नु मात्र पर्याप्त नहुने भन्दै सरकारले महिलाको सम्मान, सुरक्षा र बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘केही समय पहिला बझाङमा सम्भलना कामीको बलात्कार र हत्या भयो, कञ्चनपुरमा निर्माला पन्तको बलात्कार र हत्या भयो, कैलालीमा माया कामीको बलात्कार र हत्या भयो । रुपन्देहीमा अंगिरा पासीको बलात्कार र हत्या भयो । पूर्वको खोटाङमा रेस्मिका परियारको समेत बलात्कार हत्या भयो, म्याग्दीमा मिना परियारको बलात्कार र हत्या भयो । र केहीदिन अघि मात्र गरिमा चौधरीको बलात्कार र हत्या भयो । यो बलात्कार र हत्याको फेहरिस्त धेरै लामो सुनाउन सकिन्छ । घण्टौघण्टासम्म सुनाउन सकिन्छ । र लामो छलफल गर्न सकिन्छ । तर हामी गरिमाको गरिमा जोगाउन सक्छौँ कि सक्दैनौँ । निर्माला पन्तको जन्त जाने हो कि मलामी जाने भन्ने विषयमा गम्भीर हुन जरुरी छ । चेलीले नाच्न र बाँच्न पाउनुपर्छ भन्ने कुरामा गम्भीर हुन जरुरी छ । बलात्कारी र भ्रष्टाचारी प्रमाणित भएको खण्डमा अन दि स्पोर्ट ठोक्ने कानूनको व्यवस्था तत्काल लागु गर्न आह्वान गर्दछु ।’

बलात्कार र भ्रष्टाचारका अपराधमा कुनै सम्झौता गर्न नहुने कुरामा उनले जोड दिए ।

#अटो_दुर्घटनामा एक जनाको मृत्यु, चार घाइत
ताजा सुचना
समय ठिक 6 :00
सभादाता

पर्वत, फलेवास | पर्वतको फलेवास नगरपालिका–१० कुर्घामा आइतबार दिउँसो अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

प्रहरीका अनुसार लुङ्खुदेखि बाच्छातर्फ जाँदै गरेको ध १ ह ६१ नम्बरको अटो करिब दिउँसो २ः३० बजे ओरालो सडकमा चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब १० मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएका बिहादी गाउँपालिका–१ बाच्छा देउराली निवासी ४९ वर्षीय प्रेमबहादुर विकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

अटो चालक फलेवास–११ पाङराङ निवासी ३६ वर्षीय मनबहादुर परियारसहित २४ वर्षीया कविता विक, २५ वर्षीया अञ्जुली विक र १३ वर्षीया दुर्गा विक घाइते भएका छन्। उनीहरूको प्रदेश अस्पताल कुश्मामा उपचार भइरहेको छ। चालक परियारको बायाँ ढाड र काँधमा भित्री चोट लागेको भए पनि अवस्था सामान्य रहेको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गरिमा चौधरीलाई न्यायको माग गर्दै पोखरामा पनि प्रदर्शन (तस्बिरहरू)
ताजा सुचना
समय 3:30
सभादाता
पोखरा, भदौ ६ । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको घटनामा न्यायको माग गर्दै पोखरामा पनि प्रदर्शन गरिएको छ। शनिबार पोखराको मानवअधिकार चोकमा युवा–युवतीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गर्दै निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका हुन्।
प्रदर्शनकारीहरूले बालबालिकामाथि हुने हिंसा तथा जघन्य अपराध नियन्त्रणका लागि राज्य गम्भीर बन्नुपर्ने बताएका छन्। उनीहरूले पीडित परिवारले न्यायको अनुभूति हुने गरी घटनाको निष्पक्ष अनुसन्धान र प्रभावकारी कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
पोखरामा भएको प्रदर्शनले बालबालिकाको सुरक्षा तथा महिला र बालिकामाथि हुने हिंसाविरुद्ध समाजमा थप गम्भीर बहस आवश्यक रहेको सन्देश दिएको सहभागीहरूको भनाइ छ। प्रदर्शनकारीहरूले यस्ता घटनाविरुद्ध निरन्तर आवाज उठाउने प्रतिबद्धता समेत जनाएका छन्।
तस्बिर: कुस्मि सेरा खबर . com ताजा
प्रकाशन: कुस्मीसेरा खबर डटकम

गरिमा चौधरीलाई न्यायको माग गर्दै पोखरामा पनि प्रदर्शन (तस्बिरहरू)
ताजा सुचना
समय 6;30
सभादाता
पोखरा, भदौ ६ । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको घटनामा न्यायको माग गर्दै पोखरामा पनि प्रदर्शन गरिएको छ। शनिबार पोखराको मानवअधिकार चोकमा युवा–युवतीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गर्दै निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका हुन्।
प्रदर्शनकारीहरूले बालबालिकामाथि हुने हिंसा तथा जघन्य अपराध नियन्त्रणका लागि राज्य गम्भीर बन्नुपर्ने बताएका छन्। उनीहरूले पीडित परिवारले न्यायको अनुभूति हुने गरी घटनाको निष्पक्ष अनुसन्धान र प्रभावकारी कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
पोखरामा भएको प्रदर्शनले बालबालिकाको सुरक्षा तथा महिला र बालिकामाथि हुने हिंसाविरुद्ध समाजमा थप गम्भीर बहस आवश्यक रहेको सन्देश दिएको सहभागीहरूको भनाइ छ। प्रदर्शनकारीहरूले यस्ता घटनाविरुद्ध निरन्तर आवाज उठाउने प्रतिबद्धता समेत जनाएका छन्।
तस्बिर: पोखरामा गरिमा चौधरीलाई न्यायको माग गर्दै गरिएको प्रदर्शन
स्रोत: विभिन्न सञ्चारमाध्यम
प्रकाशन: कुस्मीसेरा खबर डटकम

लोकदोहोरी गायिका रिना केसी र लोकगायक डिल्लीको तीज गीत ‘अँधेरी रांतैमा बाेल्लकाे सार्वजनिक
ताजा सुचना
समय ८;44
सुजन अाचार्य
बागलुङ। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा सांगीतिक बजारमा नयाँ–नयाँ तीज गीत सार्वजनिक हुने क्रम बढिरहेको छ। यही क्रममा गायिका रिना केसी र लोकगायक डिल्लीको स्वरमा रहेको नयाँ मौलिक तीज गीत ‘अँधेरी रातै’ सार्वजनिक भएको छ।
लोकलयमा आधारित उक्त गीतले तीज पर्वको सांस्कृतिक र मनोरञ्जनात्मक पक्षलाई समेट्ने प्रयास गरेको छ। रिना केसीको मधुर स्वर र लोकगायक डिल्लीको लोकदोहोरी शैलीको गायनले गीतलाई थप आकर्षक बनाएको निर्माण पक्षले जनाएको छ।
‘अँधेरी रातै’ गीतमा नेपाली लोकसंस्कृति, तीजको रौनक तथा गाउँघरको मौलिकपन झल्काउने प्रयास गरिएको छ। गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया आउने अपेक्षा गरिएको छ।
तीज पर्वको अवसरमा सार्वजनिक भएको यस गीतले नेपाली लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास लिइएको छ। हाल नेपाली सांगीतिक क्षेत्रमा तीज लक्षित गीत सार्वजनिक हुने क्रम तीव्र बन्दै गएको छ।
‘अँधेरी रातै’ तीज गीतलाई धेरैभन्दा धेरै हेर्न, सुन्न तथा कलाकारलाई हौसला प्रदान गर्न सम्पूर्ण दर्शक–श्रोतासमक्ष आग्रह गरिएको छ।

कृष्ण अखेली र पूर्णकला बिसीको तीज गीत ‘दिदी भाइ’ सार्वजनिक
ताजा सुचना
समय ७: १२
सुजन अाचार्य
काठमाडौं । नेपाली लोक तथा तीज संगीतका लोकप्रिय गायक कृष्ण अखेली र पूर्णकला बिसीको स्वरमा रहेको नयाँ मौलिक तीज गीत ‘दिदी भाइ’ सार्वजनिक भएको छ।
दिदी–भाइबीचको आत्मीय माया, स्नेह र पारिवारिक सम्बन्धलाई केन्द्रमा राखेर तयार पारिएको गीतले नेपाली समाजको मौलिक संस्कार र तीज पर्वको वास्तविक भावनालाई प्रस्तुत गरेको छ। गीतमा कृष्ण अखेलीको संगीत तथा शिव अखेलीको शब्द रहेको छ।
मायालु संवाद, पारिवारिक अपनत्व र दिदी–भाइको भावनात्मक सम्बन्धलाई गीतमार्फत् प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ। पछिल्लो समय तीज गीतमा देखिएका विभिन्न शैलीभन्दा फरक, मौलिकता र पारिवारिक भावनालाई प्राथमिकता दिइएको यो गीत दर्शक–श्रोतामाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ।
तीजको अवसरमा आएको ‘दिदी भाइ’ गीतले दिदी–भाइको अटुट माया र नेपाली पारिवारिक संस्कारलाई अझ जीवन्त बनाएको छ।

कृष्ण अखेली र पूर्णकला बिसीको तीज गीत ‘दिदी भाइ’
सार्वजनिक
ताजा सुचना
स समय ठिक 7 बजे
सुजन अाचार्य
काठमाडौं । नेपाली लोक तथा तीज संगीतका लोकप्रिय कलाकार शिव अखेली काे शब्द र कृष्ण अखेली र पूर्णकला बिसीको स्वरमा रहेको नयाँ मौलिक तीज गीत ‘दिदी भाइ’ सार्वजनिक भएको छ।
दिदी–भाइबीचको आत्मीय माया, स्नेह र पारिवारिक सम्बन्धलाई केन्द्रमा राखेर तयार पारिएको गीतले नेपाली समाजको मौलिक संस्कार र तीज पर्वको वास्तविक भावनालाई प्रस्तुत गरेको छ। गीतमा कृष्ण अखेलीको संगीत तथा शिव अखेलीको शब्द रहेको छ।
मायालु संवाद, पारिवारिक अपनत्व र दिदी–भाइको भावनात्मक सम्बन्धलाई गीतमार्फत् प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ। पछिल्लो समय तीज गीतमा देखिएका विभिन्न शैलीभन्दा फरक, मौलिकता र पारिवारिक भावनालाई प्राथमिकता दिइएको यो गीत दर्शक–श्रोतामाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ।
तीजको अवसरमा आएको ‘दिदी भाइ’ गीतले दिदी–भाइको अटुट माया र नेपाली पारिवारिक संस्कारलाई अझ जीवन्त बनाएको छ।

जैमिनी नगरपालिका–१ मा प्रशासकीय भवन निर्माण किन ढिलो?
ताजा खुचना
समय १ ;34
सुजन अाचार्य
बागलुङ, जैमिनी । जैमिनी नगरपालिका–१ कुश्मीसेरामा निर्माणाधीन सुविधा सम्पन्न प्रशासकीय भवन समयमै सम्पन्न हुन नसक्दा स्थानीय नागरिकमा चासो बढेको छ। सम्झौताअनुसार निर्धारित समयमै सकिनुपर्ने भवन निर्माणमा ढिलाइ हुनुको मुख्य कारण निर्माण कार्यको सुस्त गति रहेको देखिएको छ।
नगरपालिकाका अनुसार भवन निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको ढिलासुस्तीका कारण कामले अपेक्षित गति लिन सकेन। तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको आयोजना निर्धारित समयभित्र नसकिएपछि थप समय दिइए पनि काम पूर्ण रूपमा सम्पन्न हुन सकेन। एक चरणमा म्याद थपिँदासमेत भवनको प्रगति करिब ७० प्रतिशत मात्र पुगेको थियो।
निर्माण व्यवसायी पक्षले भने निर्माण सामग्री ढुवानीमा समस्या र समयमा भुक्तानी नहुँदा काम प्रभावित भएको कारण देखाएको छ। यता नगरपालिकाले भने पटक–पटक काम छिटो सम्पन्न गर्न दबाब दिँदै आएको जनाएको छ।
निर्माण सम्पन्न हुन बाँकी पर्खाल, झ्यालढोका, विद्युत्, खानेपानी, रङरोगन, सजावट तथा अन्य पूर्वाधारका कामले पनि भवन पूरा हुन थप समय लाग्ने देखिएको छ।
कुश्मीसेरामा स्थानीयवासीले उपलब्ध गराएको जग्गामा निर्माण भइरहेको यो भवन सम्पन्न भएपछि नगरपालिकाका विभिन्न शाखा एउटै स्थानबाट सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ। हाल कार्यालय सञ्चालनका लागि भाडाका घर प्रयोग गर्नुपरेकाले नगरपालिकालाई आर्थिक भारसमेत परेको छ।
स्थानीयको माग छ— निर्माण कम्पनीले जिम्मेवारीपूर्वक कामलाई तीव्रता दिओस्, सम्बन्धित निकायले नियमित अनुगमन गरोस् र वर्षौंदेखि प्रतीक्षामा रहेको जैमिनीको आफ्नै प्रशासकीय भवन छिटोभन्दा छिटो सम्पन्न होस्।

ताजा सुचना

नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल ताजा सुचना
समय ११ :10

सभादाता
२०८३ भदौ ५ गते शुक्रबार १०:५९
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परम्परागत भू–राजनीतिक परिचयलाई बदल्दै मुलुकलाई दुई ठूला अर्थतन्त्रहरूबीचको ‘गतिशील र विश्वसनीय पुल’का रूपमा विकास गर्नुपर्ने बताएका छन् । विगत एक शताब्दीदेखि नेपाललाई ‘दुई…

काठमाडौं ।

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परम्परागत भू–राजनीतिक परिचयलाई बदल्दै मुलुकलाई दुई ठूला अर्थतन्त्रहरूबीचको ‘गतिशील र विश्वसनीय पुल’का रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

विगत एक शताब्दीदेखि नेपाललाई ‘दुई ढुङ्गाबीचको तरुल’का रूपमा मात्रै चित्रण गरिने रणनीतिक भाष्यलाई परिवर्तन गर्दै २१ औँ शताब्दीको आवश्यकता अनुसार अघि बढ्नुपर्ने उनको भनाइ छ । जर्मन संस्था फ्रेडरिक एबर्ट स्टिफ्टुङ (एफईएस) नेपालद्वारा काठमाडौंमा आयोजित ‘जियोपोलिटिकल कन्फ्लिक्ट इन द वल्फ वल्र्ड’ पुस्तक विमोचन तथा प्यानल छलफललाई सम्बोधन गर्दै मन्त्री खनालले नेपालको परराष्ट्र नीति अब ठोस र रूपान्तरणकारी आर्थिक परिणाममुखी हुनुपर्ने बताएका छन् । विश्वव्यापी राजनीतिक घटनाक्रमले नेपालको जनजीवनमा पार्ने प्रभावबारे चर्चा गर्दै मन्त्री खनालले खाडी क्षेत्रको अस्थिरता नेपालीको भान्सा र दैनिक जीवनसँग जोडिएको उल्लेख गरे । उडान अवरोध, सम्झौता स्थगन, ऊर्जाको मूल्य वृद्धि र नेपाली नागरिकको सुरक्षामा पर्ने असरले बहुपक्षीय शान्तिको महत्व झन् बढेको उनको तर्क छ ।

सन् २०२६ सम्ममा अतिकम विकसित राष्ट्र (एलडिसी) बाट स्तरोन्नति हुने नेपालको लक्ष्यमा विश्वव्यापी प्रतिकूल परिस्थिति बाधक बनिरहेको मन्त्री खनालले बताए । व्यापारलाई विकासको इन्जिन मानिए पनि प्रमुख बजारहरूमा रहेका गैर–शुल्क अवरोध र कठोर नियमका कारण व्यापारले मात्र विकास सहायताको स्थान लिन नसक्ने उनले स्पष्ट पारे ।

जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान रहे पनि यसको जोखिम उच्च रहेको बताउँदै उनले सन् २०४५ सम्म ‘नेट–जिरो’ उत्सर्जनको लक्ष्य हासिल गर्न ७४ अर्ब अमेरिकी डलर आवश्यक पर्ने जानकारी दिए ।

हिमालयको पारिस्थितिक प्रणालीले अर्बौं मानिसको जीवन प्रभावित पार्ने भएकाले अनुदानमा आधारित जलवायु वित्त र १.५ डिग्री सेल्सियसको सीमाप्रति नेपालले विश्वको ध्यानाकर्षण गराउँदै आएको उनले उल्लेख गरे । मन्त्री खनालले नेपालले हासिल गरेको समावेशी सामाजिक उपलब्धिः जस्तै लैंगिक अल्पसंख्यकको संवैधानिक संरक्षण, योगदानमा आधारित सामाजिक सुरक्षा र विकेन्द्रीकृत संघीय प्रतिनिधित्वलाई नेपालको आधुनिक ‘सफ्ट पावर’का रूपमा चित्रण गरे । यी सुधारहरू बाह्य दबाबमा नभई आफ्नै मूल्य–मान्यताका आधारमा गरिएको उनको दाबी छ ।

नेपालले ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ (मैत्री सर्वेषु भूतेषु, वैरमस्ति न किञ्चित) को मूल मन्त्रलाई आत्मसात गर्दै स्वतन्त्र र असंलग्न परराष्ट्र नीति अवलम्वन गर्ने उनले दोहो¥याए । परराष्ट्र नीतिलाई घरेलु आकांक्षाको ‘बाह्य पखेटा’ बताउँदै उनले अब ‘आर्थिक राज्यकला’लाई कुटनीतिको केन्द्रमा राखेर लगानी, स्टार्टअप र सीमापार ऊर्जा करिडोरलाई प्राथमिकता दिइने बताए ।

विश्व मामिलामा देखिएका शक्ति प्रतिष्पर्धा र अन्तर्राष्ट्रिय मान्यताहरूको पतनप्रति चिन्ता व्यक्त गर्दै उनले नेपाल सधैँ संयुक्त राष्ट्रसंघको बडापत्र, बहुपक्षीयता र अन्तर्राष्ट्रिय कानूनको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गरे । सत्य र प्रज्ञा निर्माणका लागि बौद्ध दर्शनको उदाहरण दिँदै उनले कुटनीतिक संवाद र सत्यनिष्ठामा जोड दिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।