भोटेकोशी बाढीका कारण बागलुङका १६ जना सम्पर्कविहीन (सूचिसहित)
ताजा सुचना
समय 7;00
सभादाता
भोटेकोशी बाढीका कारण बागलुङका १६ जना सम्पर्कविहीन (सूचिसहित)
बागलुङ । भोटेकोशीमा आएको बाढीका कारण बागलुङका १६ जना नागरिक सम्पर्कविहीन भएका छन् । रोजगारी तथा अन्य विभिन्न कामका लागि रसुवा र नुवाकोट पुगेका उनीहरु बुधबार विहान आएको विनाशकारी बाढीपछि उनीहरु सम्पर्कविहीन् भएका हुन् ।
सम्पर्कविहीन भएका मध्ये तमानखोला गाउँपालिकाका ९ जना माथिल्लो त्रिशूली जलविद्युत आयोजनाको ड्यामसाइडमा काम गर्दै आएका थिए । सम्पर्कविहीन भएकाहरुको खोजी र उद्धारका लागि परिवारले सरकारसँग आग्रह गरेका छन् ।
सम्पर्कविहीन भएकाहरु मध्ये तमानखोला गाउँपालिकाका ९ जना, बागलुङ नगरपालिकाका चार जना, ढोरपाटन नगरपालिकाका दुई जना र गलकोट नगरपालिकाका एक जना रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाइँले जानकारी दिए ।
भोटेकोशीमा बाढी गएको दिनदेखि नै प्रहरीले बागलुङदेखि रसुवा, नुवाकोट र धादिङमा गएर विभिन्न पेसा गर्ने तथा अन्य कामका सिलसिलमा पुगेका नागरिकको विवरण उपलब्ध माग गरेको थियो । शुक्रबार साँझसम्म १६ जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएको प्रहरी उपरीक्षक प्रसाइँले बताए ।
जनै पूर्णिमाको महत्व र कसरी मनाइन्छ
ताजा खबर ( कुस्मि सेरा खबर . com )
समय ठिक ८:१५
सुजन अाचार्य
काठमाडौँ । हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व जनै पूर्णिमा आज विभिन्न धार्मिक विधि, पूजा–आराधना र परम्परागत संस्कारका साथ मनाइँदैछ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई ऋषितर्पणी, रक्षाबन्धन तथा क्वाँटी पूर्णिमा का रूपमा पनि चिनिन्छ।
जनै पूर्णिमाका दिन विशेषगरी तागाधारी समुदायले पुरानो जनै फेरेर नयाँ यज्ञोपवीत धारण गर्ने परम्परा रहेको छ। बिहानै नदी, ताल, पोखरी तथा अन्य पवित्र स्थलमा स्नान गरी गुरु–पुरोहितबाट मन्त्रिएको नयाँ जनै र रक्षासूत्र धारण गरिन्छ। ऋषिहरूको स्मरण तथा तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणी पनि भनिन्छ।
यस अवसरमा दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर सुख, शान्ति र दीर्घायुको कामना गर्ने चलन पनि छ। पुरोहितबाट हातमा बाँधिने रक्षासूत्रलाई धार्मिक विश्वासअनुसार सुरक्षा र शुभकामनाको प्रतीक मानिन्छ।
जनै पूर्णिमाको अर्को विशेषता क्वाँटी हो। विभिन्न प्रकारका गेडागुडी भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने परम्परा नेपालका विभिन्न समुदायमा प्रचलित छ। विशेषगरी नेवार समुदायमा यस दिनलाई गुँपुन्ही का रूपमा मनाउने चलन रहेको छ।
यस दिन गोसाइँकुण्ड, पशुपतिनाथ, कुम्भेश्वरलगायत देशभरका मठमन्दिर तथा तीर्थस्थलमा भक्तजनको विशेष भीड लाग्ने गर्दछ। धार्मिक आस्था, संस्कार, पारिवारिक सम्बन्ध र सामाजिक सद्भावलाई जोड्ने पर्वका रूपमा जनै पूर्णिमाको विशेष महत्व रहेको छ।
जनै पूर्णिमाले हामीलाई धर्म, संस्कार र परम्पराको संरक्षण गर्दै आपसी प्रेम, सद्भाव र एकताको सन्देश दिन्छ।
चाहनुहुन्छ भने यसलाई कुस्मीसेरा खबर .com शैलीमा अझ आकर्षक हेडलाइनसहित पनि तयार गरिदिन सक्छु।
बागलुङको प्राकृतिुक गहना गाजा दह
ताजा खबर
१०;२८
सुजन अाचार्य
बागलुङ — प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र हिमाली दृश्यले भरिपूर्ण गाजा दह बागलुङ जिल्लाको एक आकर्षक पर्यटकीय गन्तव्य हो। यो दह जैमिनी नगरपालिका–३, दमेक क्षेत्रमा अवस्थित छ र जैमिनी, गल्कोट, काठेखोला तथा बरेङ क्षेत्रको सङ्गम आसपासमा पर्दछ।
समुद्री सतहबाट करिब २,४७० देखि २,५०० मिटरको उचाइमा रहेको गाजा दह प्रकृतिप्रेमी र धार्मिक पर्यटकका लागि विशेष आकर्षण बनेको छ। यहाँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमश्रृङ्खलाको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।
गाजा दह केवल प्राकृतिक सौन्दर्यको केन्द्र मात्र होइन, धार्मिक आस्थासँग पनि जोडिएको स्थान हो। दह नजिकै रहेको सिद्धबराह थान मा स्थानीय भक्तजनले पूजा गर्ने परम्परा छ। यहाँ बैकुण्ठ चतुर्दशी र बालाचतुर्दशीका अवसरमा मेला समेत लाग्ने गर्दछ।
बागलुङ बजारबाट करिब २४ किलोमिटरको यात्रापछि गाजा दह पुग्न सकिन्छ। कुश्मीसेरा–दमेक हुँदै तथा अन्य आसपासका मार्गबाट पनि यस क्षेत्रमा पुग्न सकिन्छ।
हिउँदमा हिउँले सजिने, वसन्तमा लालीगुराँसले ढकमक्क हुने र अन्य मौसममा हरियाली वनजंगल तथा बादलले ढाकिने गाजा दह वास्तवमै प्रकृतिको अनुपम उपहार हो। पर्यटन पूर्वाधार, सडक र प्रचारप्रसारलाई थप व्यवस्थित गर्न सके गाजा दह बागलुङको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा अझै परिचित बन्न सक्ने सम्भावना रहेको छ।
गाजा दह बागलुङको प्राकृतिक शान र जैमिनी क्षेत्रको पर्यटन विकासको महत्वपूर्ण आधार हो।
बाराको सिमराबाट एक बालिका बेपत्त
ताजा सुचना
समय 5:00
सभादाता
जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ११ वर्षीया सनाया खातुन बाराको सिमराबाट बेपत्ता भएकी छन्।
बालिकाकी आमा गुलाप्सा खातुनले प्रहरीमा सनाया बेपत्ता भएको निवेदन दिएकी हुन्।
प्रहरीले बालिकाको खोजी कार्य सुरु गरेको छ।
वीरगन्ज। बाराको सिमराबाट एक जना बालिका बेपत्ता भएकी छन्। जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–६ निवासी सनाया खातुन बेपत्ता भएको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ ।
सिमरा प्रहरीका प्रहरी नायव उपरीक्षक दयाकृष्णा भट्टले आज खातुन बेपत्ता भएको निवेदन परेको बताए। ११ वर्षीया सनाया बेपत्ता बारे आज मध्यान्ह उनकी आमा गुलाप्सा खातुनले प्रहरीमा जानकारी गराएकी हुन्।
प्रहरीमा बालिका बेपत्ताबारे उजुरी परे लगत्तै खोजबिन सुरु गरिएको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ।
राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग
कुस्मि सेरा खबर
समय ठिक 3;58
सभादाता
पोखरा । सांसदहरूले देशमा बढ्दो असुरक्षा, बालिकाहरूमाथि भइरहेका जघन्य अपराध र सरकारी उदासीनताप्रति चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरूले बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको…
पोखरा ।
सांसदहरूले देशमा बढ्दो असुरक्षा, बालिकाहरूमाथि भइरहेका जघन्य अपराध र सरकारी उदासीनताप्रति चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रिय सभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरूले बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको विभत्स हत्याको घटनालाई लिएर सरकारको कडा आलोचना गर्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेका हुन् ।
सांसद गीता देवकोटाले विद्यालय तहदेखि नै नैतिक र व्यावहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड दिँदै बाल यौन हिंसाका मुद्दाहरूलाई ‘फास्ट ट्रयाक कोर्ट’ मार्फत कारबाही गरी हदैसम्मको सजाय दिन माग गरिन् ।
सांसद सोमनाथ पोर्तेलले पीडित परिवारलाई दबाब दिएर भिडियो छायाङ्कन गरिएको विषयमा गृह प्रशासनको कडा आलोचना गरे । उनले नागरिकको पीडालाई ‘तमासा’ नबनाउन सरकारलाई आग्रह गरे
यस्तै सांसद सम्झना देवकोटाले पछिल्लो पाँच वर्षमा बालिका बलात्कारको तथ्यांक डरलाग्दो रूपमा बढेको उल्लेख गर्दै यसले सिंगो समाज र परिवारलाई विखण्डन गरिरहेको बताइन् ।
आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
कुस्मि सेरा खबर डटकम
समय 3:40
सभादाता
पोखरा । आन्तरिक राजश्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यले ‘करदाता पोर्टल’को नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ । विभागले भदौ ९ गतेदेखि यसको शुरुवात गरेको हो । विभागका…
पोखरा ।
आन्तरिक राजश्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यले ‘करदाता पोर्टल’को नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ ।
विभागले भदौ ९ गतेदेखि यसको शुरुवात गरेको हो ।
विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालकाअनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साविकको करदाता पोर्टल पनि यथावत सञ्चालनमा रहनेछ ।
‘डिजाइन ड्रिभन डेभलपमेण्ट’ पद्धति र ‘माइक्रो सर्भिस आर्किटेक्चर’ मा आधारित भएर यो पोर्टल विकास गरिएको हो ।
अन्तःशुल्कजन्य प्रतिष्ठानहरूले बुझाउने मासिक विवरण यसअघि आन्तरिक राजश्व कार्यालयबाट मात्रै रुजु हुने गरेकोमा अब करदाता स्वयंले रुजु गर्नसक्ने व्यवस्था मिलाइएको छ ।
आय विवरण (डे–०४) अन्तर्गत साविकमा अनुसूची १० मा करदाताले विवरण भर्नुपर्ने व्यवस्थालाई परिमार्जन गरी अब उक्त विवरण स्वतः आउने व्यवस्था गरिएको छ ।
स्रोतमा कट्टी भएको करको विवरण मासिक रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । विदेशी लगानीकर्ताहरूले स्थायी लेखा नम्बर दर्ताका लागि अनलाइनमार्फत निवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।
करदाताले आफ्नो स्थायी लेखा नम्बर कार्ड, अन्तःशुल्क इजाजत र करचुक्ता प्रमाणपत्र पोर्टलमा ‘लग–इन’ गरी आफैँ डाउनलोड गर्न सक्नेछन् । मूल्य अभिवृद्धि कर विवरण संशोधन सम्बन्धी सेवा पोर्टलमा समावेश गरिएको छ ।
परीक्षणका क्रममा रहेकोले यो पोर्टल प्रयोग गर्दा केही समय सामान्य प्राविधिक समस्याहरू आउन सक्नेप्रति विभागले सजगता अपनाएको छ ।
करदाताको सुविधालाई मध्यनजर गर्दै पोर्टलको डिजाइनमा सरलता ल्याउने र आवश्यक थप सुविधाहरू पहिचान गरी छिट्टै व्यवस्थापन गर्ने प्रतिवद्धता महानिर्देशक डा. भुसालले व्यक्त गरेका छन् ।
प्रकाशित मिति २०८३ भदौ ९ गते मंगलबार ०१:३३
हजुरको प्रतिक्रिया
माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी
कुस्मीसेरा खबर डट कम
समय 3:40
संवाददाता
पोखरा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छिन् । मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले कृषिमा उत्पादन वृद्धि गर्न माटो सुधार योजनालाई अगाडी बढाएको बताएकी…
पोखरा ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छिन् ।
मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले कृषिमा उत्पादन वृद्धि गर्न माटो सुधार योजनालाई अगाडी बढाएको बताएकी हुन् ।
उनले माटोसुधार योजनासँगै कृषि उत्पादनमा, बजारीकरण र व्यवसायसँग जोड्न किसान सूचीकरण र डिजिटल मार्केटप्लेस निर्माणका योजनालाई पनि प्राथमिकतामा राखेको बताइन् ।
उर्वर भूमिमा भइरहेको कङ्क्रिटकरण रोक्दै कृषि उत्पादनका लागि जमिनको उपयोग बढाउने विषयमा सरकारले माटो सुधार योजनालाई अघि सारेको उनको भनाई छ ।
उनकाअनुसार माटोको गुणस्तर सुधार गर्न जैविक तथा प्राङ्गारिक पदार्थको प्रयोगमा जोड दिँदै कार्ययोजना निर्माण भइरहेको छ ।
नेपालको माटोको पीएचस्तर घट्दै गएको भन्दै उनले दीर्घकालीन रूपमा माटोको उर्वराशक्ति संरक्षण गर्न जैविक, प्राङ्गारिक तथा दिगो कृषि प्रणालीतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याइन् ।
उनले किसान सूचीकरणलाई पनि सरकारले विशेष प्राथमिकता राखेको बताइन् ।
किसान परिचयपत्रमार्फत किसान तथा उनीहरूले उत्पादन गर्ने वस्तुको विवरण व्यवस्थित गर्न सहज हुने उनको भनाई छ । उत्पादनलाई बजारसँग जोड्न एप्लिकेसन विकास गरी मार्केटप्लेस निर्माण गर्ने योजना पनि अघि बढाएको उनले जानकारी दिइन् ।
उनले भनिन्, ‘हामीले किसान सूचीकरणलाई एकदमै धेरै प्राथमिकता दिएर अगाडी बढाएका छौँ । किसान सूचीकरणमार्फत किसानहरूले पाउने परिचयपत्रमा सबै कुराको डिटेल हुन्छ, त्यसले हामीलाई ट्रयाकिङ गर्न सजिलो हुन्छ, किसानले कस्तो खालका प्रडक्टहरू ल्याउनुहुन्छ, त्यसमा हामीले कसरी सहयोग गर्न सक्छौ भन्नको लागि हामीले सेतुहरू निर्माण गर्दैछौँ । कार्ययोजनाहरू बन्ने क्रममा छन्, अझै इफेक्टिभ बनाउन हामीले विगतका सबै योजनाहरू, कार्यविधिहरू फेरि रि–एनालाइसिस पनि गर्दैछौँ । किसान सूचीकरण सँगसँगै हामीले एप्लिकेसनहरू डेभलप गरेर मार्केटप्लेसहरू बनाउने योजना पनि बनाइराखेका छौँ । त्यो चाहिँ अन्डर कन्स्ट्रक्सनमै छ । हामीले माटो सुधार योजना बनाउने भनेका छौँ । यो माटो सुधार योजनाका लागी हामीले विशेष गरेर अर्गानिक जैविक पदार्थहरूलाई माटो सुधारमा प्रयोग गर्छौं, हामीले त्यसको कार्ययोजना बनाएर काम गरिररहेका छोँ । माटो सुधार योजनाको लागि सरकारले काम गर्दैछ । हाम्रो इन्स्टिट्युटहरूले रिसर्च गर्दाखेरि हाम्रो माटोको पीएच त साँच्चिकै घटिसकेको छ, अब माटो माटोलाई बिगार्न समय लाग्दैन तर त्यो सुधार्नलाई दशकौँ वर्ष लाग्न सक्छ । त्यसका निमित्त पनि हामीले कार्ययोजना बनाएर नेपाल सरकार जैविकतातिर, प्राङ्गारिकतातिर अथवा हामीले अर्गानिकतिर जानुपर्छ भन्ने त्यो मोडलमा हामी काम गर्दैछौँ ।’
सरकारले विगतका योजनामा देखिएका कमजोरी पहिचान गरी तीन तहका सरकारबीच समन्वय र सहकार्य बढाउने गरी योजना तथा कार्यविधिको पुनःविश्लेषण गर्ने कार्य गरिरहेको उनले जानकारी दिइन् ।
कृषिमा निजी क्षेत्रको भुमिकालाई समेत सरकारले महत्व दिएको उनको भनाइ छ ।
कुनै पनि क्षेत्रको विकासका लागि निजी क्षेत्र सक्रिय हुनुपर्ने उल्लेख गर्दै उनले निजी लगानीलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रलाई आवश्यक अवसर उपलब्ध गराउने विषय सरकारको प्राथमिकतामा राखेको बताइन् ।
प्रकाशित मिति २०८३ भदौ ९ गते मंगलबार ०२:४५
हजुरको प्रतिक्रिया
पब्लिक फोरकेले प्रदेशस्तरीय कृषि तीज गीत प्रतियोगिता गर्ने
कुस्मि सेरा खबर डटकम
समय 3;00
सभादाता
पोखरा । बार्दली मिडिया प्रा.लि. द्धारा सञ्चालित पब्लिक फोरके टेलिभिजन पोखराको आयोजनामा दशौँ संस्करणको गण्डकी प्रदेशस्तरीय कृषि तीज गीत प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । हरितालिका तीजको अवसर पारेर कृषि र कृषकका सम्भावना,…
पोखरा ।
बार्दली मिडिया प्रा.लि. द्धारा सञ्चालित पब्लिक फोरके टेलिभिजन पोखराको आयोजनामा दशौँ संस्करणको गण्डकी प्रदेशस्तरीय कृषि तीज गीत प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ ।
हरितालिका तीजको अवसर पारेर कृषि र कृषकका सम्भावना, महिला कृषकलाई उद्यम तथा पर्यटनलाई प्रेरित गर्दै उनीहरुको आत्मसम्मान र संघर्षका कथालाई मौलिक तीज गीतमार्फत उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
गण्डकी प्रदेशका ११ जिल्लाबाट छनोट भएका उत्कृष्ट समूहबीच यही भदौ २२ गते सोमबार पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा ग्रान्ड फिनाले हुने कार्यक्रम संयोजक घनश्याम पाण्डेले जानकारी दिए ।
प्रतियोगिता गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा सञ्चालन हुनेछ ।
जिल्लास्थित कृषि विकास कार्यलयको समन्वयमा जिल्ला–जिल्लाबाट समूह छनोट गरी अन्तिम प्रतिस्पर्धाका लागि पोखरा ल्याइने आयोजकले जनाएको छ ।
कार्यक्रममा विभिन्न जिल्लाका प्रतिस्पर्धी समूहले मौलिक कृषि तीज गीत प्रस्तुत गर्नेछन् । कार्यक्रमको सांस्कृतिक गरिमा कायम राख्न वरिष्ठ लोकदोहोरी कलाकार प्रजापति पराजुली, खुमन अधिकारी र शान्ता रानी परियारको प्रस्तुति रहनेछ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने समूहलाई क्रमशः नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, ३३ हजार ३ सय ३३ रुपैयाँ, २२ हजार २ सय २२ रुपैयाँ र ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
उत्कृष्ट नृत्य, भेषभूषा, शब्द र विषयवस्तुका लागि विशेष पुरस्कारको व्यवस्था गरिएको छ ।
पब्लिक फोरके टेलिभिजनका प्रवन्ध निर्देशक मन क्षेत्रीले कृषि, उद्यम र पर्यटनमा नेपाली महिलाहरुको महत्वपूर्ण योगदान रहेको तथा उनीह?को कर्मको सम्मानमा पनि कार्यक्रम फलदायी हुने बताए ।
उनकाअनुसार मौलिक तीज गीतको माध्यमबाट कृषिसम्बन्धी ज्ञान, प्रविधि र सन्देशलाई आमजनतासम्म पु¥याउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछ ।
कार्यक्रमस्थलमा उक्त दिन रैथाने बालीको प्रदर्शनीसँगै विभिन्न स्टलहरू समेत रहनेछन् ।
कृषि, संस्कृति र महिला सशक्तीकरणलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको प्रतियोगितामा किसान, कृषि विज्ञ, सरोकारवाला तथा कृषि पर्यटन क्षेत्रमा आबद्ध सबैलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ ।
प्रवेश निशुल्क रहेको कार्यक्रमको प्रत्यक्ष प्रशारण पब्लिक फोरके टेलिभिजनबाट हुनेछ ।
प्रकाशित मिति २०८३ भदौ ९ गते मंगलबार ०३:१९
हजुरको प्रतिक्रिया
गण्डकी सरकारबाट एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउने
२०८३ भदौ ९ गते मंगलबार १०:०४
ताजा सुचना
समय १०:00
सुजन अाचार्य
पोखरा । नेकपा एमालेले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको छ । केहीबेरअघि बसेको पार्टीको संसदीय बोर्ड बैठकले सरकारमा सहभागी एमालेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । एमाले गण्डकी…
पोखरा ।
नेकपा एमालेले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको छ । केहीबेरअघि बसेको पार्टीको संसदीय बोर्ड बैठकले सरकारमा सहभागी एमालेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
एमाले गण्डकी प्रदेश संसदीय दलकी प्रमुख सचेतक देवका पहारीले संसदीय बोर्ड बैठकले मन्त्रीहरूलाई सामूहिक रूपमा राजीनामा दिन निर्देशन गर्ने निर्णय गरेको जानकारी दिइन् ।
‘संसदीय बोर्डले निर्णय गरेको छ । उहाँहरू सामूहिक रूपमै राजीनामा बुझाउनुहुन्छ,’ पहारीले भनिन्, ‘यसपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफलमै छौँ ।’
राष्ट्रिय स्तरमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच सहकार्यको राजनीतिक परिस्थिति बनेसँगै त्यसको प्रभाव गण्डकी प्रदेश सरकारमा पनि परेको हो । सोही राजनीतिक समीकरणका कारण एमाले सरकारबाट बाहिरिन लागेको बताइएको छ ।
गण्डकी प्रदेश सरकारमा एमालेबाट चार मन्त्री सहभागी छन् । गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री छन् भने यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री छन् । त्यसैगरी भीम कार्की कृषि मन्त्री र लक्ष्मणबहादुर पाण्डे स्वास्थ्य मन्त्रीका रूपमा सरकारमा छन् ।
एमालेका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा बुझाएसँगै गण्डकी प्रदेशको सत्ता समीकरणमा नयाँ परिस्थिति बन्ने देखिएको छ । एमालेले सरकारबाट बाहिरिएपछि प्रदेश सरकारको आगामी राजनीतिक समीकरण र सत्ता सञ्चालनबारे थप छलफल हुने जनाइएको छ ।
ताजा सुचना
समय १0:१0
सुजन अाचार्य
बागलुङ । प्राकृतिक सुन्दरता, उर्वर भूमि र प्रशस्त सम्भावना बोकेको जैमिनी नगरपालिका पछिल्लो समय बढ्दो बसाइँसराइको चुनौतीसँग जुधिरहेको छ। गाउँका बस्ती विस्तारै सुनसान बन्दै गएका छन् भने धेरै परिवार शिक्षा, स्वास्थ्य, रोजगारी र सहज जीवनको खोजीमा सहरतर्फ बसाइँ सर्न थालेका छन्।
उपलब्ध तथ्यांकअनुसार पछिल्लो दुई वर्षमा जैमिनीबाट ४८२ घरपरिवारका १ हजार ७०९ जनाले गाउँ छाडेका छन्। बसाइँ सर्ने अधिकांश परिवार चितवन, नवलपरासी र बुटवललगायतका सहर तथा बजार क्षेत्रमा पुगेका छन्।
बसाइँसराइ बढ्नुका पछाडि रोजगारीको अभाव, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको खोजी, युवा पुस्ताको वैदेशिक रोजगारी तथा सहरकेन्द्रित जीवनशैली प्रमुख कारणका रूपमा देखिएका छन्। गाउँमा कृषि गर्न कठिन हुनु, उत्पादनले उचित मूल्य नपाउनु र बाँदरले खेतीबालीमा पुर्याउने क्षतिले पनि धेरै परिवारलाई गाउँ छाड्न बाध्य बनाएको स्थानीयको भनाइ छ।
बसाइँसराइका कारण गाउँका खेतबारी बाँझिँदै गएका छन्। पुराना घरहरू जीर्ण बन्दै छन् भने कतिपय बस्तीमा जनसंख्या घट्दा सामाजिक तथा सांस्कृतिक गतिविधिसमेत प्रभावित हुन थालेका छन्। विद्यार्थीको अभावका कारण विद्यालय सञ्चालनमा समेत समस्या देखिन थालेको छ।
स्थानीय सरकारको विकास प्रयास हुँदाहुँदै पनि गाउँमै पर्याप्त रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न नसकिएसम्म बसाइँसराइ रोक्न कठिन हुने देखिन्छ। जैमिनीमा कृषि, पशुपालन, पर्यटन, साना उद्योग र स्थानीय उत्पादनलाई बजारसँग जोडेर युवालाई गाउँमै अवसर दिन सके बसाइँसराइको गति कम गर्न सकिने अपेक्षा गरिएको छ।
“गाउँमा सम्भावना छ, तर सम्भावनालाई अवसरमा बदल्ने वातावरण आवश्यक छ। गाउँमै रोजगारी, राम्रो शिक्षा, स्वास्थ्य सेवा र आम्दानीको सुनिश्चितता भए सहरतर्फ जाने क्रम घट्न सक्छ।”
अब जैमिनीको मुख्य चुनौती केवल सडक र भवन निर्माण गर्नु मात्र होइन, गाउँमै बस्न सक्ने वातावरण निर्माण गर्नु हो। अन्यथा “सबै सहर पस्ने, गाउँ रित्तिने” अवस्था अझ गम्भीर बन्न सक्ने देखिन्छ।





