बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै ‘फेस अफ आईटीसी आइकन’ कार्यक्रम स्थगित
–
कुस्मि सेरा खबर . com
भाद्र १४ गते २०८३ मा प्रकाशित
सभादाता
काठमाडौं, भदौ १४ — देशका विभिन्न क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि ‘फेस अफ आईटीसी आइकन’ कार्यक्रम स्थगित गरिएको छ।
आईटीसी आइकनकी प्रोपाइटर शोभा अर्यालले एक विज्ञप्ति जारी गर्दै विपद्को यस दुःखद घडीमा बाढी तथा पहिरो प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउन कार्यक्रम तत्कालका लागि स्थगित गरिएको जानकारी दिएकी हुन्।
अर्यालका अनुसार तीजको अवसर पारेर आयोजना गर्ने तयारी गरिएको उक्त कार्यक्रम अब तीजपछि उपयुक्त मितिमा सञ्चालन गरिनेछ। कार्यक्रमको नयाँ मिति र समयबारे आवश्यक परामर्शपछि सार्वजनिक गरिने उनले बताइन्।
“देश शोक र पीडामा रहेका बेला मनोरञ्जनात्मक कार्यक्रमभन्दा मानवीय संवेदनालाई प्राथमिकता दिनु आवश्यक ठानेका छौं,” विज्ञप्तिमा उल्लेख छ।
आईटीसी आइकनले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढी तथा पहिरो प्रभावित नागरिकलाई सहयोगका लागि सबैलाई आह्वान समेत गरेको छ।
कार्यक्रम स्थगनबाट सहभागी, प्रतिस्पर्धी, शुभेच्छुक तथा सहयोगीहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै आयोजकले सबैबाट सहयोग र समझदारीको अपेक्षा गरेको जनाएको छ।
त्रिशुलीको बाढीले सडक कटान : कृष्णभीरमा यातायात अवरुद्ध
यात्रु बीचबाटोमा नै अलपत्र
१४ भदौ २०८३, आइतवार कुस्मि सेरा खबर . com
संबादाता
काठमाडौँ । बाढी पहिरोका कारण देशभर आएको समस्या र यसबाट आम नागरिकलाई परेको समस्याका कारण देश थिलथिलो भएको छ । आज बिहानैबाट भोटेकोशी नदीमा पानीको बहाब बढ्दै जाँदा पृथ्वी राजमार्गअन्तर्गत काठमाडौँ मुग्लिन सडकको कृष्णभीरमा सडक बगाएको छ ।
भोटेकोशी नदीमा आज बिहान आएको बाढीको बहावले कृष्णभीरमा तलबाट सडक कटान भएपछि यातायात सञ्चालनका लागि तत्कालका लागि रोक लगाइएके छ ।
धादिङ प्रहरीले सूचना जारी गर्दै आज बिहान रसुवा जिल्लाबाट एक्कासी आएको बाढीले बेनिघाट रोराङ गाउँपालिका वडा नं ७ कृष्णभिरस्थित पृथ्वी राजमार्ग भासिन गई जोखिम भएकोले सवारी साधन आवतजावतमा रोक लगाइएको जानकारी गराएको छ ।
कृष्णभीरमा सडक भासिएर बगेको भिडियोहरु अहिले सामाजिक संजालमा आएका छन् । सडक बगेपछि यात्रु बीचबाटोमा नै अलपत्र अवस्थामा रहेका छन् ।
अवरुद्ध नारायणगढ–मुग्लिङ–काठमाडौँ र पोखरा सडक खण्ड पूर्ण रूपमा सुचारु
ताजा सुचना २०८३ भदौ १४ गते ६:४६
समय 6 बजे
सभादाता
चितवन । भोटेकोसीमा पुनः बाढी आएको सूचनापछि राजमार्गमा रोकिएका यातायात सञ्चालनमा आएको छ ।
बिहान भोटेकोसीको बहाब बढेको सूचनापछि नारायणगढबाट मुग्लिङ हुँदै पोखरा र काठमाडौँतर्फ जाने तथा आउने सबै प्रकारका सवारी साधनको आवगमन बन्द गरिएको थियो ।
पानीको बहाव जोखिमपूर्ण नभएको सूचनापछि पुनः यातायात सञ्चालन गरिएको चितवन प्रहरीले जनाएको छ ।
यातायात सञ्चालन भए पनि बाढी–पहिरोको जोखिम अझै समाप्त नभएकाले प्रशासनले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
यात्रा गर्दा जोखिमयुक्त स्थानहरूमा नबस्न, सम्बन्धित निकाय तथा सुरक्षाकर्मीले दिएका निर्देशनहरूको पूर्ण पालना गर्न र आफ्नो अनि परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिन अनुरोध गरिएको छ।
पत्रकार विक्रम श्रेष्ठको आक्रोश, राज्यले शवको पहिचान र अन्तिम संस्कारको अधिकार खोसियो
१३ भदौ २०८३, शनिवार ०७:२० मा प्रकाशित
४०
Shares
ताजा सुचना
समय 8;00
सुजन अाचार्य
काठमाडौँ। बाढी तथा प्राकृतिक विपद्का बेला उद्धार, राहत र शव व्यवस्थापनमा राज्य पूर्ण रूपमा असफल भएको भन्दै पत्रकार विक्रम श्रेष्ठले कडा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विपद्को समयमा सरकार लाचार र निरीह देखिएको आरोप लगाएका हुन् ।
श्रेष्ठले नुवाकोटदेखि चितवनसम्मका हजारौँ नागरिक आफ्ना हराइरहेका आफन्तको अवस्था अझै अज्ञात रहँदा भौँतारिन बाध्य भएको उल्लेख गरेका छन्। “५/७ दिनसम्म शव सुरक्षित राख्न नसक्ने र अस्थायी संरचनासम्म बनाउन नसक्ने राज्य संयन्त्र कसरी चलिरहेको छ?” भन्दै उनले प्रश्न उठाएका छन् ।
नागरिकबाट विपद् व्यवस्थापनका नाममा अरबौँ रुपैयाँ उठाइए पनि सरकारसँग न्यूनतम क्षमता र दूरदर्शिता नदेखिएको उनको ठहर छ। आवश्यक पर्दा विदेशी मुलुकसँग सहयोग माग्नसमेत हिचकिचाउने तर देशभित्रै आफ्ना नागरिकलाई सास्ती दिने प्रवृत्तिप्रति उनले गम्भीर आपत्ति जनाएका छन्।
नेपालको धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार हरेक नागरिकका परिवारले आफ्ना आफन्तको शव पहिचान गरी उचित संस्कार गर्ने अधिकार राख्ने स्मरण गराउँदै श्रेष्ठले भनेका छन्, “अहिले शवहरूलाई पशुलाई झैँ खाल्डो खनेर पुर्ने काम भइरहेको छ। कसको आदेशमा र कुन बाध्यताले राज्य यति हतारिएको छ?”
यदि अन्ततः पहिचान र परिवारलाई हस्तान्तरण नगरी खाल्डोमा गाड्नु नै थियो भने बाढीको माझधारबाट जोखिम मोलेर शव निकाल्नुको औचित्य के थियो भन्दै उनले राज्यको नियत र कार्यशैलीमाथि गम्भीर प्रश्न खडा गरेका छन् ।
लोककल्याणकारी विज्ञापनको रकम घटाउने सरकारी निर्णय विरुद्ध उभियो पत्रकार महासंघ, निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी
ताजा सुचना भदौ १३, २०८३ १५:५६
समय ठिक ४:5 मा
सभादाता
काठमाडौं –नेपाल पत्रकार महासंघले पत्रपत्रिकाले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापनबापतको रकममा सरकारले भारी कटौती गरेको भन्दै आपत्ति जनाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भोटेकोशी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिको पीडामा मुलुक रहेका बेला सरकारले ‘सुटुक्क’ कार्यविधि संशोधन गरी लागू गरेको आरोप लगाइएको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भदौ ५ गते स्वीकृत गरेको ‘छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ मार्फत मोफसलबाट प्रकाशित पत्रपत्रिकाले पाउँदै आएको विज्ञापनबापतको रकममा आधा कटौती भएको महासंघले जनाएको छ।
लोककल्याणकारी विज्ञापनका लागि आर्थिक वर्ष २०८३/०८४ को बजेटमा कुल रकम वृद्धि गरिए पनि त्यससँग बाझिने गरी नयाँ कार्यविधि ल्याइनुले सरकारको सञ्चारमाध्यमप्रतिको अनुदार व्यवहार देखिएको महासंघको भनाइ छ।
त्यस्तै स्थानीय, प्रदेश र राष्ट्रिय सञ्चारमाध्यमलाई आर्थिक रूपमा धराशायी बनाउने निर्णय तत्काल फिर्ता लिन महासंघले माग गरेको छ। साथै, पुरानै दर कायम गर्न र अनलाइन सञ्चारमाध्यमलाई समेत लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरिएको छ।
माग तत्काल सम्बोधन नभए देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी महासंघले दिएको छ।
ताजा सुचना
बाढीले बगाएर ल्याएको बैंकको सेफ फोड्ने २९ जना पक्राउ
धनकुटा खबर
.५००
Shares
समय ठिक ९:30
सभादाता
धादिङ । त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको थापाले बताए।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले पनि घटनामा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। उनका अनुसार घटनाबारे सूचना पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
‘सूचना आएपछि प्रहरी टोली गएको थियो। केही व्यक्तिलाई नियन्त्रणमा लिएका छौं। केही नगद पनि फेला परेको छ। यसबारे हामी छिट्टै विज्ञप्ति जारी गर्दैछौं,’ डीएसपी दाहालले बताएका छन्।
यसअघि धादिङ–१ की राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडेर रकम बाँडिएको भन्दै सामाजिक सञ्जालमार्फत लगातार आवाज उठाउँदै आएकी थिइन्।
यी हुन् नामावली
बागलुङका ३ जना, म्याग्दी र लमजुङका ४-४ जना, पर्वत र गोरखाका २-२ जनाको उद्धार गरिएको छ ।
भाद्र १३ २०८३, शनिबार
६00
Shares
ताजा खबर
बिहान 8 बजे
ताजा सुचना सभादाता
बागलुङ (खर्वाङ)/राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा उद्धार गरिएकाको तथ्याङ्क सार्वजनिक गरिरहेको छ । प्राधिकरणको उपलब्ध उद्धार सूचीलाई आधार मान्दा गण्डकी प्रदेशका ६ जिल्लाका १७ जनाको रसुवाबाट उद्धार गरिएको छ ।
उद्धार गरिएकामा सबैभन्दा धेरै म्याग्दी र लमजुङका चार–चार जना छन्।् । म्याग्दीका २५ वर्षीय प्रदीप प्रजा, ३५ वर्षीय विमल पुर्जा, ४७वर्षीय रामगोपाल चौधरी र ४७ वर्षका सोमबहादुर विक छन्। लमजुङका ४६ वर्षीय हरि मिजार, ३१ वर्षीय सुमन भुजेल, ३२ वर्षीयसरोज महोरती र २५ वर्षीय राजकुमार दुलाललाई पनि रसुवाबाट उद्धार गरिएको छ ।
बागलुङका तीन जनालाई उद्धार गरिएको छ । २९ वर्षीय टमकुमारी थापा, ४४ वर्षीय गिरीप्रसाद बुढामगरर ४१ वर्षका धनबहादुर विकलाई उद्धार गरिएको हो ।
पर्वत र गोरखाका दुई-दुई जना तथा स्याङ्जाका एक जना पनि उद्धार सूचीमा छन्। पर्वतका५० वर्षीय प्रेमप्रसाद सुवेदी र २१ वर्षीय आकाश चुनरा तथा गोर्खाका ७० वर्षीय बुढानिधि पन्त र ६० वर्षीय सिता पन्तलाई पनि रसुवाबाट सकुशल उद्धार गरिएको छ ।
प्राधिकरणले स्याङ्जाका ३७वर्षीय तिलककुमार पराजुली र तनहुँका ५४ वर्षीय वीरबहादुर कुमाललाई पनि रसुवाबाट उद्धार गरेको जनाएको छ । उद्धार सूचीमा नवलपरासी र पश्चिम नवलपरासी ठेगाना उल्लेख भएका नागरिक पनि भेटिएका छन्। नवलपरासी उल्लेख गरिएकामा २६ वर्षीयकेसव केवट, ४६ वर्षीय रवीन्द्र हमाल, ३९ वर्षीय सुवासचन्द्र थारु, २५ वर्षीय देवकुमार श्रेष्ठ र २९ वर्षीय कर्णकुमार चौधरी छन् ।
यस्तै, ४२ वर्षीय सुवास चन्द, २२ वर्षीय लिलित चौधरी, ३७ वर्षका गोपाल चौधरी छन् । पश्चिम नवलपरासीका उमेर नखुलेका सोनारायण चौधरीको पनि उद्धार गरिएको छ ।उनीहरू गण्डकी प्रदेशकै नवलपुर भनिने नवलपरासी (बर्घघाट सुस्तापूर्व)का नागरिक हुन वा होइनन भन्ने भने खुलेको छैन ।
प्रतिक्रिया दिनुहस
ताजा सुचना
समय 6 बजे
पाेखरा /
पोखरा । पोखराको मुस्ताङ चोकमा सडकको नालीमा आएको भलले बगाउँदा आमा–छोरी गम्भीर घाइते भएका छन् ।
पोखरा–३० ढुङ्गेपाटन बस्ने २६ वर्षीया सुष्मा दाहाल र उनकी २ वर्षीया छोरी रानीका दाहाललाई प्रहरीले स्थानीयको सहयोगमा गम्भीर अवस्थामामा उद्दार गरेको हो ।
उनीहरूलाई पोखराको बिरौटास्थित नहर कुलोबाट उद्दार गरि उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।
जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र कास्कीका अनुसार शुक्रबार ४ बजेको समयमा बिरौटाबाट पृथ्वीचोकतर्फ आउँदै गरेको ग १३ प २८५९ नम्बरको स्कुटर मुस्ताङ चोकमा साइड लगाएर झर्ने क्रममा नालीको पानीको भलले दुबैलाई बगाएको हो।
घाइते दुवैको बाहिरी चोट नदेखिए पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
ताजा सुचना
समय 8 बजे
30
Share
सुजन अाचार्य
भोटेकोशी बाढीमा अहिलेसम्म कति शव फेला पर्यो ?
काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५४७ पुगेको छ।
नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म एक प्रहरीसहित ५४७ जनाको शव फेला परेको हो।
Ncell
प्रहरीका अनुसार रसुवामा १३, धादिङमा ४०, तनहुँमा २९, नुवाकोटमा ३८, गोरखामा ४४, चितवनमा २२१, नवलपरासीपूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ४७३ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना रहेका छन्।
बाढीमा परी घाइते भएकाहरूलाई विभिन्न स्थानबाट उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ। प्रहरीका अनुसार काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म ९४ जना रहेका छन्।
बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भन्सार कार्यालय तथा अध्यागमन कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन्।
प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालय टिमुरेका १५ र अध्यागमन कार्यालय टिमुरेका चार कर्मचारी हालसम्म सम्पर्कविहीन छन्।
बाढीमा परी सर्वसाधारणसहित दुई हजार ३८१ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सुरक्षाकर्मीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेका छन्।
शुक्रबार, भदौ १२, २०८३
39
Shares
ताजा सुचना news शुक्रबार, भदौ १२, २०८३
सुनिता शर्मा ( गुर्प membe बा सन्चारक्ररि )
बागलुङ, भदौ १२ गते ।
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीसेरामा रहेको सहारा क्लवले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार १११ रुपैयाँ सहयोग गर्ने भएको छ ।
क्लवको शुक्रबार सम्पन्न बैठकले भोटेकोसी नदीमा आएको बाढीका कारण पीडित बनेका व्यक्तिलाई सहयोग पुर्याउने उद्धेश्यले ५० हजार १११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको क्लवका अध्यक्ष सुरेश सुनारले बताए ।
बुधबार बिहान भोटेकोसीमा आएको बाढीका कारण हालसम्म ५५३ वटा शव फेला परेको छ ।





